प्रजातन्त्र दिवसमा हाजिरीजवाफ

केर्खा/ ६१ औं प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ को अवसर पारेर झापा तोपगाछी-७ मा हाजिरीजवाफ र सहकारी शिविर सम्पन्न भएको छ ।
कर्खास्थित नवोदय सहकारी संस्था लिमिटेडको आयोजनामा सम्पन्न उच्च मावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा कमला मदन आश्रित उच्च मावि तोपगाछी-८ प्रथम मोति उच्च मावि धरमपुर-५ द्वितिय लक्ष्मीनारायण उच्च मावि धरमपुर-८ तृतीय र शहिद धर्मभक्त उच्च मावि केर्खा सान्तवना भए । तोपगाछी धरमपुर लखनपुर र चुलाचुलीका ८ उच्च माविले प्रतियोगितामा भाग लिएका थिए ।
त्यस्तै सहकारी शिविर साचालन गरी विद्यार्थी आयोजक संस्थाका कर्मचारी र साचालक समितिका पदाधिकारीहरुलाई सहकारिता बारे शिक्षा दिइएको कार्यक्रमका सायोजक हिमप्रसाद दाहालले बताए ।
कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय सहकारी संघका केन्द्रीय सदस्य गणेशप्रसाद बस्नेत र विशिष्ट अतिथि तोपगाछी स्रोत व्यक्ति सूर्यप्रसाद सापकोटा लगायतले बोलेका थिए । कार्यक्रममा सहकारी संघ झापाका उपाध्यक्ष बलराम गजुरेलले सहजिकरण गरेका थिए भने अध्यक्षता संस्थाका अध्यक्ष दिलिप चापागाईको रहेको थियो ।

0 प्रतिकृया:

Post a Comment