" कांग्रेसले चाहे सरकार ढल्छ "

उर्लाबारी/ नेपाली काग्रेसका केन्द्रीय सदस्य गगन थापाले एकिकृत माओवादीले हतियारको दम्भ नत्यागे तोकिएको समयमा शान्ति र संविधान निर्माण नहुने बताएका छन् ।
मोरङको बेलबारीमा ६१ औ प्रजातन्त्र दिवसको अवसरमा आइतबार आयोजित आमसभामा बोल्दै थापालॆ एकिकृत माओवादीले सत्तामा बसेर बिद्रोहको क्ररा गर्दै बन्दुकको दम्भ देखाएको आरोप लगाए । कांग्रेसले चाहे सरकार तत्काल ढाल्न सक्ने बताउदै नेता थापाले नेपाली काग्रेसले सत्ता नभएर नेपालमा शान्ति र नयाँ संविधान चाहेको बताए ।
त्यस्तै केन्द्रीय सदस्य सुजता कोइरालाले देशमा ५ देखि ६ वटामात्र संघ राज्य हुनुपर्ने र जातीय आधारमा राज्यहरु बिभाजन गर्नु नहुने धारणा राखीन् । पार्टी बेलबारी सभापति राजकुमार लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य भिष्मराज आङ्देम्बे चन्द्र भण्डारी युवा नेता गुरुराज घिमिरे पार्टी मोरङ जिल्ला सभापति अमृत अर्याल लगायतका बक्ताहरुले बोलेका थिए ।

0 प्रतिकृया:

Post a Comment