राजनीतिक इमान्दारिताको आवश्यक - सम्पादकीय

मुलुक निकासोन्मुख छ भन्ने प्रमुख राजनीतिक दलका नेताहरुको भनाई तथ्य र मिथ्या दुवै ढङ्गको सिद्ध हुँदै गएको छ । पटक-पटकको राजनीतिक उतार चढावमा छ मुलुक यस घडी । सरकारमा बसेका मन्त्रीहरुको घुर्की धम्की फूर्ति र चेतावनीले यदाकदा मुलुक विखण्डित बन्ने तर्पु उन्मुख भएको शंका लाग्न थालेको छ भने अर्कातिर कार्यपालिकाको सैद्धान्तिक घेरा तोडिएको अवस्थ्ा छ । सरकारमा रहेका असंख्य अनुहारहरुको मन्त्रीमण्डल अन्ततः राज्य निर्देशित ऐन कानुन र नियम कार्यान्वयन गर्ने पक्षमा भन्दा पनि नितान्त मनोगत व्यक्तिगत भावभङ्गीलाई जनता उराल्न तर्पु उदृत छ । राज्यको कार्यकारी अङ्गमा बसेका जिम्मेवार मधेसी मन्त्रीहरु मधेस र मधेसी जनताका नाउँमा मुलुककै गरिमा र राष्ट्रतामा आँच पुग्ने वक्तव्यवाजी गरिरहेका छन् । यसले एउटा विषय स्पष्ट भएको छ कि चाहे जुनसुकै क्षेत्रको कुरो होस् शक्तिशाली माथि कसैले औँला ठड्याउने अवस्थ्ा मुलुकमा बन्न सकेको छैन । किनकि मुलुकको कानुन व्यवहारिक समान र सबैका लागि बराबर हुन सकेको छैन । सम्भवतः यी र यस्तै फराकिला खाडलहरु परेकाले मुलुक र मुलुकको राजनीीतक गतिशील बन्न सकिरहेको छैन । नेपाली राजनीतिमा थुप्रै संकटका घडीहरु आएका छन् । सार्वभौम सत्ता नागरिक संवैैधानिक र जनताका नैसर्गिक अधिकारहरु खोसिएर निरंकुश एकात्मक सामन्त शासकका गोजीमा थन्किएका इतिहासहरुलाई बिस्रने प्रयत्न गर्नु भूल हुने छ ।
नेपाली जनतालाई अधिकार सम्पन्न गराउने सवालमा जनताले अभिमतका साथ संविधान निर्माणका लागि दिएको जिम्मेवारी पूरा हुन सकिरहेको अवस्था छैन । तथापि राजनीतिक वार्ता बहस र छलफलले मुलुकका थुप्रै खाले अन्तरविरोधहरु हल गरेको तथ्य स्वीकारीरहेको अवस्थामा प्रधान समस्याहरु सम्बोधित नभएका तिता यथार्थहरु भुलिरहनु उपयुक्त हुने छैन । मुलुकका प्रमुख राजनीतिक दलहरु र रटान लिएर जनतासमक्ष आइरहेको अवस्था छ । सरकार नेतृत्वकै एकीकृत माओवादी पार्टी भित्र शान्ति र संविधानका लागि अधिकतम लचकता प्रस्तुत गर्ने देखि आफ्नै पार्टी नेतृत्वको सरकारका प्रधानमन्त्रीको पुत्ला दहन गर्ने सम्मका गतिविधि देखिएको छ । त्यस्तै मुलुकका कुनै पनि हालतमा जातीय राज्यको वर्चश्व कायम गर्न नदिने र निरंकुशतावादी राजनीतिमक हावी हुन नदिने भन्दै नेपाली कांग्रेस यतिबेला मुलुकव्यापी कार्यकर्ता प्रशिक्षणमा लागेको छ । त्यस्तै एमालेको पनि आफ्नै रणनीतिक अभिमत मुलुकभर तरंगित भइरहेकै अवस्थामा छ । मुलुकको प्रधान समस्याहरुका सन्दर्भमा सबै राजनीतिक दलहरुमा चिन्ता पैदा हुनु राजनीतिक गतिविधिमा कि्रयाशीलता जाग्नु जस्ता विषयले महत्वपूर्ण अर्थ राख्न सक्दछन् । तर जब समस्या निराकरण तर्पु नभई थप जटिल लथालिङ्ग र भताभुङ्ग पार्ने तर्पु लाग्ने हो भने त्यो आफैमा नयाँ र जटिल समस्याका रुपमा विकसित हुने स्पष्ट छ ।
नेपाली राजनीतिका अभ्यास र भूमिकाहरु मुलुक जनता र समृद्धि तर्पु उन्मुख छन् भने जस्तासुकै विमतिहरुमा राजनीतिक सहमति जुट्न सक्छन् । तर त्यसका लागि राजनीतिक दलहरु बीच समस्या समाधान तर्पुको सकरात्मक छलफल र बहस हुन जरुरी छ । मुलुकको सुदूर भविष्यसम्मको अवस्थालाई ध्यानमा राखेर दलहरुबीच उच्च राजनीतिक इमान्दारिताका साथ निकासका लागि वार्ता बहस र छलफल भए त्यसले मुलुकलाई सकरात्मक दिशा दिन सक्छ । मुलुकलाई पुनः िहंसा र अराजकता तर्पु कधेल्ने वा तमाम् राजनीतिक उपलब्धीहरु संस्थागत गर्दै समृद्धशाली राष्ट्र निर्माण गर्ने त्यो दलहरुकै हातमा छ ।

0 प्रतिकृया:

Post a Comment