ययुद्धकालीन मानसिकता शान्ति र संविधानका लागि बाधक - मुख्य समाचार

कमन देवान
दमक/ नेपाली कंाग्रेसका केन्द्रीय सदस्य डाक्टर प्रकाशशरण महतले माओवादीका नेताहरुमा रहेको युद्धकालीन मानसिकता शान्ति र संविधानको पूर्णताका लागि बाधक रहेको बताएका छन् । नेपाली कांग्रेस दमक नगर समितिले शनिबार दमकमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथिका रुपमा बोल्दै नेता महतले सो बताएका हुन् ।
देश जनता र लोकतन्त्रका लागि कांग्रेसले निर्णायक निर्णय गर्न सक्ने भन्दै पूर्व उर्जामन्त्री समेत रहेका महतले मुलुकमा माओवादीले कल्पना गरे जस्तो निरंकुश शासन सम्भव नभएको भन्दैे त्यो भ्रम त्याग्न आग्रह गरेका छन् । शान्ति र संविधानका लागि माओवादी लडाकु बाधक बनेको भन्दै महतले भने -ुदेशमा दुई चरित्रका सेना रहेसम्म शान्ति प्रकि्रया र संविधान लेखन पूरा हुन सक्दैन । त्यसैले सेना समायोजन आवश्यक विषय हो ।ु युद्धकालमा माओवादीले जनसत्ताका नाममा गरेका आफू अनुकूलका निर्णय कुनै पनि हालतमा सदर नहुने महतको दावी थियो ।
प्रशिक्षणमा सहभागी ने.का.का कार्यकर्ताहरु इन्सेटमा केन्द्रीय सदस्य महत । फोटो : पिपुल्ट टाइम्स

कार्यक्रमका अर्का वक्ता तथा नेपाली कंाग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङ्देम्बेले मुलुक सबैको हो भन्ने बुझ्न र बुझाउन सबैको अस्तित्व स्वीकार भएको मुलुक निर्माणका पक्षमा कांग्रेस रहेको दावी गरे । माओवादी नेतृत्वको सरकारका कारण मुलुक दिशाविहीन बनेको भन्दै आङदेमबेले भने -"जनतालाई राहत दिन सुशासन र मित्यव्यापिता चाहिन्छ । मुस्ताङ पछाडि ४९ ओटा प्राडो र पजेरो दौडाउने बाबुरामको ढोंगी सरकार इतिहासकै नाकाम सरकार बनेको छ ।"
कार्यक्रमका अर्का वक्ता तथा कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले पीछडिएका जाति वर्गको सम्बोधन हुनुपर्ने भन्दै त्यसको नाममा मुलुक विखण्डन गर्न नपाइने बताए । अर्का केन्द्रीय सदस्य तथा पूर्व नेविसंघ सभापति गुरु घिमिरे र केन्द्रीय सदस्य मिन विश्वकर्माले संगठन सुदृढिकरण र स्थानीय निर्वाचनमा पार्टी कार्यकर्ताको भूमिकाका बारे प्रशिक्षण दिएका थिए भने महेश दाहालले नेतृत्व विकास बारे प्रशिक्षण दिएका थिए । दमक नगर र आसपासका ६ सय बढी कांग्रेसी कार्यकर्ता सहभागी प्रशिक्षण कार्यक्रममा पार्टीका जिल्ला सभापति उद्धव थापा महासमिति सदस्यहरु महाधिवेशन प्रतिनिधिहरु भातृसंगठनका नेताहरु समेतको सहभागिता रहेको थियो । कांग्रेस दमक नगर सभापति ढुण्डीराज भण्डारीको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
त्यस्तै शनिबार नै गौरादहमा समेत प्रशिक्षण सम्पन्न भएको छ । नेपाली कांग्रेस गौरादह गाउँ समितिको आयोजनामा प्रशिक्षण सम्पन्न भएको हो । पार्टीका केन्द्रीय सदस्य
गुरु घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षणमा लोकनाथ भण्डारी शेषराज भण्डारी र वद्री कार्कीले पार्टीको संगठन सुदृढिकरण संविधान निर्माण र शान्ति प्रकि्रया राज्यपुनसर्ंरचना र शासकीय स्वरुपका बारे प्रशिक्षण दिएका थिए ।
पार्टीका गाउँ सभापति हेमन्त कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासमिति सदस्य रोहितकुमार साह जिल्ला सदस्यहरु यादवराज सेढाई र पुन्यप्रसाद सिग्देल लगायतको सहभागिता रहेको थियो ।

0 प्रतिकृया:

Post a Comment