आगलागीमा एकै परिवारका ४ सहित ६ को मृत्यु – मुख्य समाचार

काठमाडौं/कालीमाटीस्थित तरकारी तथा फलफुल बजारमा शनिबारराति भएको आगलागीमा परि ६ जनाको मृत्यु भएको छ । यस्तै एक घाइते भएका छन् । मृतकहरुमा दाङ घर भइ कालिमाटीमा तरकारी ब्यापार गर्दै आएका हिराबहादुर पुन, उनका छोरा निराजन छोरी लिला पुन रहेका छन् । ३ जनाको भने सनाखत हुननसकेको प्रहरीले जनाएको छ ।
आइतबार बिहान  आगो निभाउन खटिएका अग्नि नियन्त्रकहरु ।

आगलागीमा परि घाइते भएकी पुनकी श्रीमती हिक्को सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको छ । आगलागीबाट १० करोडभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
शनिबारराति करिब साढे १० बजेतिर लागेको आगो ६ बटा दमकल, सेना, प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । बाहिरी जिल्लाबाट तरकारी बोकेर आउने गाडी र व्यापारीको समेत चहलपहल हुने रातको समयमा एक्कासी बिजुली सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।  प्रहरीले रातिदेखि नै क्षतिको विवरण संकलनको काम गरिरहेको छ । अहिले तरकारी बजारभित्र कसैलाई प्रवेश गर्न दिईएको छैन । तरकारी बोकेर आएका गाडी गेट बाहिरै सडकमा रोकिएका छन् ।

0 प्रतिकृया:

Post a Comment