चैत १५ अघि भर्ना गर्न रोक

भक्तपुर/विद्यालयहरुले अब चैत १५ गतेअघि विद्यार्थी भर्ना गर्न तथा प्रवेश परीक्षा लिन नपाउने भएका छन् । शिक्षा विभागका निर्देशक तथा शिक्षा मन्त्रालयका सहसचिव टेकनारायण पाण्डेको संयोजकत्वमा गठित विद्यालय सञ्चालनसम्बन्धी मापदण्ड निर्धारण कार्यदलले आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
कार्यदलको निर्णयले विद्यार्थी भर्ना गर्न रोक लगाएको कार्यदलका सदस्य एवम् अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले बताए । विद्यालयले नियमविपरीत भर्ना खोलेर विद्यार्थीको
अन्तिम परीक्षा नसकिँदै फाराम भरी भर्ना लिन थालेपछि सरकारले गठन गरेको कार्यदलले मुलुकभरका कुनै पनि विद्यालयले चैत १५ गतेभन्दा अघि विद्यार्थी भर्ना गर्न नपाउने नियम लागू गरेको उनले बताए ।

0 प्रतिकृया:

Post a Comment