शिक्षक एशोसिएसनको समिति

गौरादह/झापा क्षेत्रनम्बर ६ मा उच्च माध्यमिक शिक्षक एशोसिएसन नेपालको क्षेत्रीय समिति चयन गरिएको छ ।
आइतबार गौरादहस्थित जनता उच्च मा.विमा भएको उच्च माध्यमिक तहका शिक्षकहरुको भेलाले भीमप्रसाद भट्टराईको अध्यक्षतामा ७ सदस्यीय क्षेत्रीय समिति चयन गरेको हो ।
समितिको सचिवमा युवराज घिमिरे र कोषाध्यक्षमा हरिकृष्ण तिम्सिना चुनिएका छन् । त्यसैगरी सदस्यहरुमा रामजी डाँगी, धर्म न्यौपाने, दीपक रिजाल र रोशन बस्नेत चयन भएका जनाइएको छ । एशोसिएनका क्षेत्रीय समन्वय समिति सदस्य रामप्रसाद निरौलाको प्रमुख आतिथ्य र लक्ष्मण खनालको अध्यक्षतामा भएको भेलाको सञ्चालन जिल्ला सचिव लक्ष्मीप्रसाद रेग्मीले गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment