शिक्षण संस्थामा अवरोध नहुने

दमक/बहिर्गमित माआवादी लडाकुहरुले आइतबारदेखि झापासहित पूर्वाञ्चलका बिभिन्न जिल्लाहरुमा गरेको बन्द कार्यक्रममा सोमबारदेखि शिक्षण संस्थामा अवरोध नगर्ने भएका छन् ।
आइतबार दमकमा शिक्षण सम्बद्ध संस्थाहर र बन्दकर्ता बीच भएको बार्तामा लडाकुहरुले बन्दमा शैक्षिक संस्थाहरुमा अवरोध नगर्ने सहमति जनाएका हुन् । बार्तामा प्याब्सन, हिसान, संस्थागत बिद्यालय अभिाभावक संघ झापा र बहिर्गमित जनमुक्ती सेना नेपाल पूर्वी कमाण्ड अन्तर्गतका पूर्व माओवादी लडाकुका प्रतिनिधिहरुको  सहभागिता रहेको थियो ।
आइतबार साँझ बहिर्गमित जनमुक्ति सेना नेपाल, पूर्वी कमाण्ड अन्तर्गतको मेची अञ्चल सह–संयोजक प्रशान्त थापाले पिपुल्स टाइम्स दैनिकसँग कुरा गर्दै नजिकिदो बर्षिक परीक्षा र एसएलसी परीक्षालाई मध्यनजर गरी शिक्षण संस्थामा अवरोध नगर्ने सहमति गरिएको बताए । प्याब्सनका केन्द्रीय सदस्य लक्षुदास राई (एलडी राई) ले बहिर्गमित लडाकुहरुलाई अयोग्य भनि लगाइएको
बिल्ला खारेजी सहित उनीहरुको जायज मागको सम्बोधन गर्न सरकारको ध्यान आकृष्ट गराउन बताएको उल्लेख गरे । बार्तापछि दुवैपक्षले छुट्टा छुट्टै निकालेको बिज्ञप्तिमा पठन पाठन बालबालिकाको नैसर्गिक अधिकार भएको जनाउँदै उनीहरुको अधिकारप्रति सम्मान जनाउन दुवै पक्ष सहमत रहेको उल्लेख गरिएको छ । दुवै बिज्ञप्तिमा बहिर्गमित लडाकुहरुका जायज मागहरु बारे सरकारको गम्भिर ध्यानाकर्षण हुनुपर्ने जनाइएको छ ।
   त्यसैगरी पूर्वी मोरङका संस्थागत विद्यालयहरु सोमबारबाट सञ्चालन हुने भएका छन् । आइतबार संयुक्त क्लष्टर उर्लाबारी–पथरी अन्तर्गत संस्थागत विद्यालयहरुको भेलाले बन्दका कारण विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्दै विद्यालय सञ्चालनको वातावरण तयार गर्न सम्बन्धित पक्षलाई आग्रह समेत गरेको जनाइएको छ ।

0 प्रतिकृया:

Post a Comment