रङ्ग बदलिँदै होलीको - दोस्रो लेख

राजु आचार्य
वसन्त ऋतुको आगमनसँगै नजिकिएको फागुपूणर््ँिमा अर्थात् होली पहाडमा फागुन २४ र तराईमा २५ गते मनाइँदै छ । यस पर्वमा रमाउने युवा जमात यसको प्रतीÔा गर्दै होलान् । तर, महिला र पाका उमेर समूहका व्यक्तिले भने अचेल यस पर्वलाई “दिक्कलाग्दो” र “खासै चासो नभएको” रुपमा ग्रहण्ँ गर्न थालेका छन् ।
विभिन्न किसिमका रङ र पानी एक–अर्कालाई छ्याप्दै आफन्त, साथीभाइ र आत्मीयजनसँग मनाइने यस पर्व अचेल छाडा र विकृतिपूणर््ँ बन्दै गएको छ । पछिल्ला वर्Èहरुमा सहरी Ôेत्रमा मात्र होइन, ग्रामीण्ँ भेगमा समेत यो पर्व संस्कृतिको रÔा गर्दै हर्Èोल्लास र आत्मीयता साटासाट गर्दै मनाउन छाडिएको छ । मनाइन्छ केवल विकृतिपूणर््ँ तरिकाले । विकृतिसँगै यस पर्वले अर्को विशेÈता पनि भिœयाएको छ । त्यो हो– फागुपूणर््ँिमा “युवा पुस्ताको पेवा पर्व” बन्दै गएको छ ।
निजी बैङ्कमा कार्यरत बानेश्वरकी रविना कार्कीलाई हरेक वर्È फागुपूणर््ँिमा अर्थात् होली आउनुभन्दा झन्डै दुई साताअघि देखि नै चिन्ताले सताउँछ रे । विगत वर्Èहरुका होलीमा घरबाट निस्केर कार्यालयसम्म पुग्दा निथुरक्क भिज्नुपरेको नमीठो अनुभव उहाँको मानसपटलमा अझै ताजै छ ।
कार्कीले दुई वर्Èअघिको होली शुरु हुनुभन्दा एक साताअघिको घटना सम्झेर होलीप्रति नै वितृष्ण्ाँ जाग्नुको कारण्ँबारे बेलिबिस्तार लगाइन्  । “बिजुलीबजारमा आइपुगेको थिएँ,” उनले भनिन्, “ममाथि ताकेर एक समूहले लोेला प्रहार गरे । भाग्नेक्रममा विपरीत दिशाबाट आएको मोटरसाइकलमा ठोक्किएर दाँया हात मर्कियो ।“
सोही घटनाबाट विÔिप्त कार्कीले गत वर्Èको होली पर्व नमनाएको स्मरण्ँ गर्दै प्रश्न गरिन्– पर्वको नाममा आत्मीयता र भाइचारा विकास गर्नु सट्टा विकृति मौलाउँदै गएकोप्रति कसले ध्यान पु¥याउने ?
काठमाडौँको लाजिम्पाटमा गत वर्Èको होलीको केही दिनअघि कलेज जान हिँड्नुभएको आकृति प्रसाई लोला प्रहारपछि लडेर घाइते हुुनुभयो । निधार र हातमा चोट लागेको उहाँको “युनिर्फम” मात्र च्यातिएन मोबाइलसमेत फुट्यो । संयोगले त्यहाँ आइपुगेको प्रहरीले उहाँलाई उपचारका लागि त्रिवि शिÔण्ँ अस्पताल पु¥यायो । सो घटनापछि प्रसाईलाई पनि पटक्कै यस पर्वप्रति श्रद्धा लाग्दैन रे ।
उहाँ भन्नुहुन्छ, “होलीकै दिन त चाहना नहुनेलाई रङ्ग र पानी छ्याप्न पाइँदैन, त्यसमाथि १५ दिनपहिले नै स्कुल, कलेज र कार्यालय जानेमाथि यस्ता विकृतिजन्य व्यवहारले मलाई होली आउनु एक महिना पहिलेदेखि नै दिक्क लाग्छ ।” उनले कानुन बलियो बनाएर यस्ता विकृतिलाई निरुत्साहित गर्न र साँस्कृतिक पर्वको ऐतिहासिक महŒव रÔा गर्न सरोकारवालालाई आग्रहसमेत गर्नुभयो ।
गत वर्Èकै होली शुरु हुनु केही दिनपहिले काठमाडौँको गोङ्गबुचोकमा रहेको एउटा मिठाइ पसलबाहिर तेल तताइराखेको कराईमा लोला पर्दा तेल उछिट्टिएर दुईजनाको मुख पोल्यो । तत्काल नजिकको विनायक अस्पतालमा उहाँहरुको उपचार गराइयो ।
होलीमा हुने गरेका माथिका केही झलकले प्रस्ट्याउँछ कि, साथीभाइ, इष्टमित्र तथा आत्मीयजनसँग सद्भाव र भाइचाराका लागि मनोरञ्जनपूणर््ँ तवरले रङ्ग खेलेर मनाइने यस साँस्कृतिक पर्व कति विकृतिजन्य हुँदै गएको छ भन्ने । “अर्काको दुःखमा हाँसेर रमाइलो गर्ने पर्व बनेको छ”, संस्कृतिविद् डा. गोविन्द टन्डन भन्नुहुन्छ, “यसको महŒव र गरिमा नामेट भयो ।”
आमपाठकको हातमा गोरखापत्र पुग्दासम्म यस वर्Èको होली पर्व आउन चार दिन बाँकी नै रहन्छ । तर, काठमाडौँ उपत्यकाका गल्ली–गल्लीमा कामको सिलसिलामा रहेका बटुवामाथि लोला प्रहार गने क्रम झन्डै डेढ साताअघि नै शुरु भइसकेको छ ।
स–साना स्कुलेदेखि युवा जमात, बटुवा, महिला तथा युवतीमाथि पानीले भरिएका प्लाष्टिकका झोला र लोला प्रहार गर्ने उच्छृङ्खल र विकृतिजन्य व्यवहार शुरु गरिसकेका छन् ।
“अब केही दिन असाध्यै सास्ती बेहोर्नुपर्छ”, शिÔण्ँ पेसामा रहनुभएको समृद्धि बानियाँको अनुभव छ, “यस पर्वको महŒव र गरिमा नै लोप भइसकेको छ । इच्छाविपरीत यस्ता गतिविधिमा संलग्न हुनेविरुद्ध कारबाही गर्ने कडा कानुनी व्यवस्था गरिनुपर्छ ।“
हो, यस्ता व्यवहारमा संलग्नमाथि कारबाही गर्ने कुनै स्पष्ट कानुनी व्यवस्था छैन । गत वर्È प्रहरीले होलीअघि र होलीका दिन यस्ता व्यवहारमा संलग्न करिब डेढ सयजना विरुद्ध सार्वजनिक अपराध (कम सजाय हुने कानुन) अन्र्तगत मुद्दा दायर गरी केही दिन हिरासतमा राखेको थियो ।
यकिन तथ्याङक नभए पनि उपत्यकामा होली पर्वका नाममा लोला प्रहारलगायत उच्छृङ्खल गतिविधिका कारण्ँ ५० भन्दा बढी व्यक्ति घाइते हुने गरेको महानगरीय प्रहरीको तथ्याङ्क छ ।
विकृतिजन्यमात्र होइन, यस पर्व बितेका केही वर्Èयता “युवा पर्व”का रुपमा मात्र विकसित हुँदै गएको छ । होलीमा गाँजा, भाङजस्ता लागूऔÈध र मदिराजन्य पदार्थको प्रयोग गर्ने युवाको सङ्ख्या वृद्धि हुँदै गएको छ ।
सभासद् सुप्रभा घिमिरे होलीलाई साँस्कृतिक पर्वका रुपमा लिनै नसकिने समय आएको तर्क गर्नुहुन्छ । “यो पर्व संस्कृति बचाउने होइन”, घिमिरेको ठम्याइ छ, “यो उच्छृङ्खलता बढाउने चाड बनेको छ ।” उहाँले उच्छृङ्खल क्रियाकलापमा संलग्नलाई कारबाही गर्न कडा कानुनी व्यवस्था हुनुपर्ने रायसमेत राख्नुभयो । तपाई कसरी मनाउनुहुन्छ त यो चाड ? धर्मकर्ममा बढी नै विश्वास राख्ने पाको उमेरकी सभासद् घिमिरेको टिप्पण्ँी थियो, “त्यति धेरै चासो नभएको पर्व ।”
संस्कृतिविद् सत्यमोहन जोशी होली पर्व क्रमिक रुपले विकृतिपूणर््ँ बन्दै गएको अनुभव सुनाउनुहुन्छ । राण्ाँ प्रधानमन्त्री जुद्धशमशेरको पालामा मनाइएको होली पर्वको स्मरण्ँ गर्दै भन्नुहुन्छ, “यो पर्व छाडा संस्कार अँगाल्नेको पेवाजस्तो भयो ।”
युवा पुस्ताको पेवा जस्तै बन्दै गएपछि पाका र संस्कार पछयाउने पुरानो पुस्ता यस पर्वबाट टाढा हुँदै गएको उहाँको ठोकुवा छ । रङको मात्र पर्वका रुपमा मानिँदै आएको होलीमा विक्रम सम्वत् २००७ पछि पानीसमेतको प्रयोग हुन थालेको जोशीको भनाइ छ ।
पाठ्यपुस्तकमै यस्ता विÈय समावेश गरेर सानै उमेरदेखि बालबालिकालाई यसको महŒव र वास्तविकता सिकाउन तथा चेतना विकास गर्न सके होली पर्व पुरानै संस्कार र संस्कृतिकै बाटोमा हिँड्ने जोशीको धारण्ाँ छ । “रुट कज नै यही हो”, उहाँको ठोकुवा छ, “जतिसक्दो चाँडो यस्ता विÈयलाई पाठ्यक्रममै समावेश गर्न सके परिवर्तन गरिनुपर्छ ।“असत्यमाथि सत्यको विजय भएको खुसियालीमा रङ्ग खेलेर मनाइने होली पर्व बितेका केही वर्Èयता औपचारिकतामा मात्र सीमित भएको र यसमा अग्रज पुस्ताको मोह भङ्ग हुँदै गएको यथार्थ संस्कृतिविद् डा. टन्डन स्वीकार गर्नुहुन्छ । “तिथिमिति पर्खन पनि नपर्ने, होली आउनुभन्दा १५ दिन अघिदेखि आइमाई÷केटी मान्छे हिँडडुल गर्न पनि नपाउने,” उहाँको दुखेसो छ, “युवा पुस्ताले यसलाई बेस्सरी विकृतिपूणर््ँ बनाए । पुरानो पुस्तालाई यसप्रति मोह नै भएन ।”
केही वर्Èअघिसम्म मात्र पनि यसमा यति धेरै विकृति विसङ्गतिपूणर््ँ नरहेको स्मरण्ँ गर्दै उहाँ भन्नुहुन्छ, “राष्ट्रिय महŒवको यस्ता पर्वप्रति राज्यले नै सही मूल्याङ्कन गर्दै सुधारतर्फ कसैको ध्यान गएन ।” विकृति बढ्दै जानुमा राजनीतिक दलहरुसमेत उत्तिकै जिम्मेवार रहेको र सुधारमा कुनै पहल नगरेकोमा टन्डनले आपत्ति प्रकट गर्नुभयो ।
त्यसो त, होलीमा साथीभाइसँग रमाइलो गर्ने प्रतीÔा गर्ने युवा समूह पनि नभएका होइनन् । सामाखुसीस्थित रेडन कलेजमा कÔा ११ मा अध्ययनरत विनायक पौडेललको योजना छ, साथीहरुसँग कतै “पिकनिक” गएर उतै होली खेलेर रमाइलो गर्ने । “होलीको ऐतिहासिक र साँस्कृतिक महŒव भने केही थाहा छैन,“ उहाँले भन्नुभयो, “साथीहरुसँग रमाइलो गर्ने दिन हो भन्ने मात्रै थाहा छ ।”

0 प्रतिकृया:

Post a Comment