बान्तवाको अन्त्येष्टी

लखनपुर/किरात राई यायोक्खाका झापा जिल्ला अध्यक्ष तथा एकिकृत नेकपा माओवादीका कोचिला राज्य समिति सल्लाहकार सन्तकुमार वान्तवा राईको आईतबार अन्त्येष्टी गरिएको छ ।

शनिबार लखनपुर–२ स्थित निजी निवासमा मधुमेह र उच्च रक्तचापका कारण निधन भएका ७७ वर्षीय बान्तवाको किराती परम्परा अनुसार सितापुरीमा अन्त्येष्टी गरिएको हो । उनीप्रति अन्तिम श्रद्धाञ्जलि दिन एमाओवादीका केन्द्रीय सदस्य तथा कोचिला राज्य समिति सहइञ्चार्ज प्रल्हाद बुढाथोकी, झापा क्षेत्रनम्बर ५ की सभाषद् तथा पूर्व स्वास्थ्य राज्यमन्त्री धर्मशीला चापागाई, किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष तिलक राई, संघीयवादी आन्दोलनका नेता मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का अध्यक्ष कुमार लिङ्देनसहित हजारौ सर्वसाधारण, शुभचिन्तकहरु अन्त्येष्टी स्थल पुगेका थिए ।
उनीहरुले सामाजिक क्षेत्रमा बान्तवाकोयोगदान अतुलनीय रहेको बताए ।
श्रद्धाञ्जलि कार्यक्रममा किरात राई यायोख्खाका केन्द्रीय उपाध्यक्ष तिलक रँईले यायोक्खामा सन्तकुमारको योगदान उच्च रहेको बताए । सदगद गरिनु अघि राईको पार्थीव शरीरमा यायोक्खाका केन्द्रीय उपाध्यक्ष तिलक राईले यायोक्खाको झण्डा ओडाएर सम्मान गरेका थिए । त्यसपछि पार्टीका केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकीले पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए ।
बाबु डम्बरसिंह र आमा हंसमतीको कोखबाट १९९१ सालमा जन्मिएका राई पहिले भारतीय सेनामा सेवा गरेका त्यसपछि शिक्षण पेसा गरेका, पञ्चायती कालमा मेची अञ्चल सभापति भएका, दुई दशकदेखि किरात राई यायोक्खाका अध्यक्ष माओवादीका कोचिला राज्य समिति सल्लाहकार भएका थिए ।

0 प्रतिकृया:

Post a Comment