अधुरै छन् सहिदका सपना – पहिलो लेख

हस्तबहादुर के.सी.
“हुँदैन बिहान मिमिर्रेमा तारा झरेर नगए
बन्दैन देश दुईचार सपूत मरेर नगए  ।”
कविताका यी हरफहरु कवि भूपि शेरचनका हुन् । कवि भूपिले बिहानी आउनलाई आकाशमाथि चम्किरहेका ताराहरु अस्ताएको हुनु अनिवार्य हुन्छ भने नयाँ मुलुक बन्नका लागि धर्तीका दुई–चार छोराछोरीले ज्यान अर्पण्ँ गर्नैपर्छ भन्ने वैज्ञानिक तर्क प्रस्तुत गर्नुभएको छ । यो नै वास्तविकता हो ।
फागुन २१ गते, नेपाली कम्युनिस्ट क्रान्तिकारीहरुका लागि एउटा अवस्मरण्ँीय दिन हो । आजैका दिन अर्थात् २०२९ साल फागुन २१ गते तत्कालीन निरंकुश तथा तानाशाही पञ्चायती व्यवस्थाले ऐतिहासिक झापा विद्रोहका क्रान्तिकारी अगुवा योद्धाहरु रामनाथ दाहाल, नेत्र घिमिरे, नारायण्ँ श्रेष्ठ, वीरेन राजवंशी र कृष्ण्ँ कुइँकेललाई पूर्वी नेपालको इलाम जिल्लाको सुखानीको जङ्गलमा लगेर गोली ठोकेर निर्ममतापूर्वक एवम् पाशविक ढङ्गले हत्या गरेको थियो । नेपाली आमाका यी पाँचजना होनहार छोराको प्रतिक्रियावादी पञ्चायती सरकारले गरेको पाशविक हत्याको दिनलाई अर्थात् फागुन २१ गतेको दिनलाई नेपालका कम्युनिस्ट क्रान्तिकारीहरुले सहिद दिवसका रुपमा मनाउँदै आएका छन् र आज पनि देशव्यापी रुपमा सहिद दिवस भव्यताका साथ मनाइँदैछ ।
वि.सं. २००६ वैशाख १० (तदनुसार सन् १९४९ अप्रिल २२ तारिख) गतेका दिन नेपाल कम्युनिस्ट पार्टीको गठन भयो । पार्टीले नेपाली क्रान्तिका रण्ँनीति र कार्यनीति निक्र्योल गर्दै मुलुक अर्ध सामन्ती र अर्ध औपनिवेशिक अवस्थामा रहेको वर्ग विश्लेÈण्ँ गर्दै सामन्तवाद र साम्राज्यवादको आडभरोसामा टिकेको प्रतिक्रियावादी राज्यसत्तालाई समूल नष्ट गरी जनताको जनवादी राज्यव्यवस्था स्थापना गर्नका लागि नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने रण्ँनीतिक तथा राजनीतिक कार्यक्रम र कार्यनीति तर्जुमा ग¥यो । माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ विचारधारा नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त र पथप्रदर्शक सिद्धान्त भएको ठहर गर्दै पार्टीको न्यूनतम लक्ष्य जनताको जनवादी क्रान्ति सम्पन्न गर्नु र अधिकतम लक्ष्य समाजवाद हुँदै साम्यवादसम्म पुग्ने रहेको स्पष्ट पा¥यो ।
शैशवकालमै पार्टीभित्र दÔिण्ँपन्थी संशोधनवाद प्रवेश ग¥यो र त्यसले वि.सं. २०१९ मा सम्पन्न पार्टीको तेस्रो राष्ट्रिय महाधिवेशनमा पुगेर पार्टीलाई पूणर््ँरुपमा वैचारिक विचलनमा पु¥यायो र पार्टीले नेपाली क्रान्तिको ठोस र घोÈित कार्यक्रम नयाँ जनवादी क्रान्तिको कार्यक्रम छोड्न पुग्यो र राष्ट्रिय प्रजातन्त्रको संशोधनवादी कार्यक्रम र तदनुसारको संसद्वादी कार्यनीति पारित ग¥यो । त्यस महाधिवेशनबाट बनेको नेतृत्वले नेपाली कम्युनिस्ट आन्दोलनलाई सही नेतृत्व र सही विचार दिन सकेन र त्यसपछि २०२१÷०२२ सालतिरबाट पार्टीभित्र व्यापक विभाजनका कारण्ँ पूरै ÔतविÔत भएर टुक्रा टुक्रा हुन पुग्यो । २०२५ सालमा पुष्पलालले गोरखपुरमा तेस्रो राष्ट्रिय सम्मेलनको आयोजना गरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध पार्ने प्रयास गरेका थिए तर सफल हुन सकेनन् ।
नेपाली कम्युनिस्ट आन्दोलन विभाजित रहेकै अवस्था र दÔिणपन्थी संशोधनवाद हावी रहेकै अवस्थामा भारतमा चारु मजुम्दारको नेतृत्वमा सी.पी.एम. को संशोधनवादका विरुद्धमा विद्रोह गरी नक्सालवादी सशस्त्र किसान सङघर्Èको प्रारम्भ भएपछि त्यसको प्रत्यÔ प्रभाव पूर्वी नेपालको झापाका केही क्रान्तिकारी युवामा पर्न गयो । नेपालमा पनि पार्टीमा जरा गाडेर बसेको संशोधनवादका विरुद्ध विद्रोह गरी पूर्वका केही उत्साही एवम् क्रान्तिकारी युवाले दीर्घकालीन जनयुद्धको रण्ँनीति अन्तर्गत वि.सं. २०२८ साल जेठ २ गते झापा विद्रोहको अर्थात् सशस्त्र संघर्È प्रारम्भ गरेको घोÈण्ाँसहित सशस्त्र कारबाही अगाडि बढाएका थिए, त्यसलाई नै झापा संघर्Èको नाम दिइएको छ ।
चिन्तनमा निम्न पुँजीवादी यान्त्रिकता र वामपन्थी दुस्साहसवादका गम्भीर कमजोरी हुँदाहुँदै पनि त्यो झापा सशस्त्र विद्रोह एक यस्तो ऐतिहासिक विद्रोह थियो जसले जनआन्दोलनको संशोधनवादी धार र राजाको सामन्ती सत्तामा समेत खैलाबैला मच्चाइदिएको थियो । सशस्त्र संघर्Èको प्रश्न कम्तीमा कम्युनिस्ट आन्दोलनमा आम बहसको विÈय बनेर गयो । सुधारवादी कार्यदिशा अँगालेका प्रायः सबै छद्म संशोधनवादी समूहभित्र नयाँ ढङ्गले अवसरवादी र क्रान्तिकारीका बीच तीव्र अन्तरविरोध पार्न झापा विद्रोहको महŒवपूणर््ँ भूमिका रहन गयो ।
एकातिर यस्तो स्थितिको सृजना भयो भने अर्कोतिर झापा विद्रोहका विरुद्ध निरंकुश, तानाशाही तथा फासिस्ट पञ्चायती सरकारले भीÈण्ँ दमनचक्र सञ्चालन ग¥यो झापा विद्रोहको नेतृत्व गर्दै आएका कैयौं नेता, कार्यकर्तालाई पञ्चायती सरकारले धरपकड ग¥यो र प्रवासी हुन बाध्य पारियो । यसैक्रममा पञ्चायती सरकारद्वारा पक्राउ गरिएका झापा विद्रोहका अगुवा नेताहरु रामनाथ दाहाल, नेत्र घिमिरे, नारायण्ँ श्रेष्ठ, वीरेन राजवंशी र कृष्ण्ँ कुइँकेललाई झापा जेलमा राखिएको थियो । झापा जेलबाट इलाम जेलमा सरुवा गर्ने निहुँमा २०२९ साल फागुन २१ गते राति इलाम जिल्लाको सुखानी खोलाको किनारमा पु¥याएर लाम लगाएर ती पाँचजना वीर योद्धालाई पञ्चायती सरकारका पुलिसले गोली ठोकेर निर्ममतापूर्वक अत्यन्तै पाशविक ढङ्गले हत्या गरेका थिए । ऐतिहासिक झापा विद्रोहका यी वीर योद्धाहरु नेपाली कम्युनिस्ट आन्दोलनका सर्वाधिक आदरण्ँीय अमर सहिद मानिन्छन् र हरेक फागुन २१ गते सहिद दिवसको रुपमा स्मरण्ँ गर्ने र सम्मान गर्ने चलन चलाउँदै आएका छन् नेपालका कम्युनिस्ट क्रान्तिकारीहरुले ।
त्यस्तै सामन्तवाद र साम्राज्यवादलाई ध्वंस गरी जनताको जनवादी राज्यव्यवस्था स्थापना गर्ने उद्घोÈका साथ २०५२ साल फागुन १ गते देखि तत्कालीन नेकपा (माओवादी) ले सशस्त्र जनयुद्धको थालनी ग¥यो । १० वर्Èसम्म सञ्चालन गरिएको जनयुद्धका क्रममा नेपाली आमाका करिब १० हजारभन्दा बढी असल छोराछोरीले आङ्खनो जीवन उत्सर्ग गरेर सहिदको कोटीमा आङ्खनो नाम लेखाए । एमाओवादी नेकपा एमालेले फागुन २१ गतेलाई सहिद दिवसका सपना मनाउँदै आएको छ भने एकीकृत नेकपा माओवादीले फागुन १४ गतेदेखि २१ गतेसम्म सप्ताहव्यापी रुपमा सहिद दिवस मनाउँदै आएको छ ।
झापा विद्रोहको जगमा टेकेर एक जमानामा विशाल कम्युनिस्ट पार्टी बन्न सफल भएको एमाले अहिले दÔिण्ँपन्थी संशोधनवादमा पतन भएर नेपाली क्रान्तिकारिता विचलित भइसकेको छ र नेपाली क्रान्ति र ती महान् सहिदप्रति गद्दारी गरिसकेको छ । अर्कोतिर १० वर्Èे जनयुद्धको जगमा उभिएर पछिल्लोपटक सबैभन्दा ठूलो पार्टी बन्न पुगेको एकीकृत नेकपा माओवादी पनि अहिले दÔिण्ँपन्थी अवसरवादी बाटोमा अग्रसर भएर नेपाली क्रान्तिलाई अलमलमा पार्ने स्थितिमा पुगेको छ । यसरी नेपाली कम्युनिस्ट आन्दोलनले अहिले ६२ वर्È पार गरिसकेको छ । नेपाली क्रान्ति सम्पन्न हुने अझै कुनै निश्चित भने छैन । सामन्तवाद र साम्राज्यवाद विरोधी सारतत्व भएको जनताको संघीय गण्ँतन्त्रात्मक संविधान बन्न नदिए जनविद्रोमार्फत नेपाली क्रान्ति सम्पन्न गर्ने घोÈण्ाँ गरेको भए पनि उसले पनि आन्तरिक तयारी खासै नगरेकै स्थिति छ । यसले गर्दा नेपाली क्रान्ति अझै पनि अन्योलमा छ । सामन्तवाद र साम्राज्यवादको शोÈण्ँ, उत्पीडन कायमै छ । सामन्तवाद र साम्राज्यवादलाई समूल नष्ट गरी जनताको जनवादी राज्यव्यवस्थाको स्थापना गर्ने र नयाँ विश्वको सृजना गर्ने महान् उद्देश्य बोकेर वर्गशत्रुका सामु कहिल्यै पनि शिर नझुकाएर लड्दा–लड्दै आङ्खनो अमूल्य जीवन उत्सर्ग गर्ने ती महान् अमर सहिदका सुन्दर सपना नेपाली क्रान्तिले मात्र पूरा गर्नेछ । ती महान् सहिदका सुन्दर सपना साकार पार्नका निम्ति नेपाली कम्युनिस्ट क्रान्तिकारीहरुले नेपाली क्रान्ति सम्पन्न गर्ने आँटका साथ अगाडि बढ्न आवश्यक छ ।
(लेखक एकीकृत नेकपा माओवादीका केन्द्रीय सल्लाहकार र अनुशासन विभागका सदस्य हुनुहुन्छ ।)

0 प्रतिकृया:

Post a Comment