विद्यालयलाई कम्प्युटर

उर्लाबारी/सांसद विकास कोष अन्तर्गत मोरङ क्षेत्रनम्बर ९ का सभाषद् नगेन्द्र धिमालले सो क्षेत्रका ८ वटा शैक्षिक संस्थाहरुलाई १÷१ थान कम्प्युटर उपलब्ध गराएका छन् ।
सो अन्तर्गत आइतबार उर्लाबारी बहुमुखी क्याम्पस र उर्लाबारी–७ स्थित सरस्वती निमाविलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । सभाषद् धिमालका प्रतिनिधि माओवादीका ९ नम्बर क्षेत्रीय सचिव डिल्ली नेपालीले एक कार्यक्रमका बीच कम्प्युटर हस्तान्तरण गरेका हुन् । क्याम्पसमा भएको कार्यक्रममा क्याम्पस प्रमुख गोपालप्रसाद भण्डारी र विद्यालयका प्रधानाध्यापक भीमबहादुर कटुवाललाई कम्प्युटर हस्तान्तरण गरिएको हो ।

0 प्रतिकृया:

Post a Comment