सुखानीमा श्रद्धाञ्जली

बिर्तामोड/ ४० वर्ष अघि भएको झापा बिद्रोह तथा सो विद्रोहका क्रममा सहिद भएकाहरुको स्मृतिमा आइतबार सुखानीमा एकीकृत माओवादीले श्रद्धाञ्जलि कार्यक्रम गरेको छ ।
पार्टीका केन्द्रीय सदस्य तथा कोचिला राज्य समिति सहइञ्चार्ज प्रल्हाद बुढाथोकीको प्रमुख आतिथ्यमा सुखानी सहिदका सालिकहरुमा माल्यार्पण तथा श्रद्धाञ्जलि कार्यक्रम गरेको हो । सो अवसरमा झापा क्षेत्रनम्बर ७ की सभाषद् धर्मशीला चापागाईको सांसद विकास कोषको बजेटबाट बधुबारे ४ मा निर्माण गरिएको सहिद गेटको समेत उद्घाटन गरिएको जनाइएको छ ।
त्यहाँ आयोजित कार्यक्रममा केन्द्रीय सदस्य बुढाथोकी, सभाषद् चापागाई, पार्टीका जिल्ला इञ्चार्ज झलकसिंह दर्लामी सहितका जिल्लास्थित नेता कार्यकर्ताहरु सहभागी थिए । २०२८ साल फागुन २१ गते तत्कालिन सासकहरुले बिरेन राजवंशी, कृष्ण कुइकेल, नेत्र घिमिरे, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई गोली हानी हत्या गरेको स्थान शनिश्चरेको सुखानी जंगल हो ।

0 प्रतिकृया:

Post a Comment