शिक्षकहरुका माग पूरा गरिने

‘लामो समयसम्म अस्थायी रुपमा कार्यरत शिक्षकहरु सरकारको नीतिगत कमजोरीका कारण मर्कामा परेको बताइन्  ।’
दमक, चैत्र १÷ शिक्षा राज्यमन्त्री लिला भण्डारीले शिक्षकहरुले उठाएका मन्त्रालयगत मागहरु दुई दिन भित्र पूरा गरिने बताएकी छिन् ।
सबै मागहरु पूरा गर्न ऐन संशोधनको तयारी भइरहेको उल्लेख गर्दै शिक्षा मन्त्रालयले पूरा गर्न सक्ने मागहरु अबिलम्ब पूरा गरिने उनले बताईन् । क्रान्तिकारी पत्रकार संघले मंगलबार दमकमा गरेको पत्रकार सम्मेलनमा उनले लामो समयसम्म अस्थायी रुपमा कार्यरत शिक्षकहरु सरकारको नीतिगत कमजोरीका कारण मर्कामा परेको बताइन् । शिक्षकहरुले राखेका ४७ सुत्रीय माग मध्ये सबै माग शिक्षा मन्त्रालयले मात्र पूरा गर्न नसक्ने उल्लेख गर्दै उनले अन्य माग पूरा गर्न अन्य सरोकारवाला मन्त्रालयहरुसँग परामर्श भइरहेको जानकारी दिइन् ।
आगामी चैत महिनामा हुने प्रवेशिका परीक्षा सौहार्द रुपमा सम्पन्न गर्न शिक्षकहरुसँग सहमति भइसकेको उल्लेख गर्दै उनले आगामी दिनमा विद्यालयहरुमा रहेको दरबन्दी मिलानका लागि आवधिक रुपमा नियमित पदपूर्ति गरिने बताइन् । कार्यक्रम क्रान्तिकारी पत्रकार संघ माइपश्चिम क्षेत्रीय समितिका उपाध्यक्ष डण्डीराज घिमिरेको अध्यक्षतामा भएको थियो ।

0 प्रतिकृया:

Post a Comment