सासुमाथि खुकुरी प्रहार

खोटाङ, चैत्र १/खोटाङमा आफ्नै ज्वाईले सासुलाई खुकुरी प्रहार गरेका छन् । चिउरीडाँडा–४ का रामकृष्ण राईले सोमबार बेलुकी खुकुरी प्रहार गर्दा चिउरीडाँडा–८ का लीलाकुमार राईकी श्रीमती ५० वर्षीया ज्ञानकुमारी गम्भीर घाइते भएकी छिन् ।
छिमेकीको घरमा बसिरहेको अवस्थामा रामकुष्णले एक्कासी सासुको टाउकोमा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट ज्ञानकुमारीको अनुहार र घाँटीमा गहिरो चोट लागेको छ ।
खुकुरी प्रहार गरी ज्वाई फरार भएका छन् भने सासुको जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि हेलिकोप्टर चार्टर गरी काठमाडौ लगिएको घाइतेका देवर जेपी राईले बताए ।

0 प्रतिकृया:

Post a Comment