खाँचो पर्यावरण संरक्षणको – सम्पादकीय

नेपालको प्राकृतिक विविधता गौरव र सम्पतिको रुपमा लिने गरिएको छ । भौगोलिक तथा आर्थिक सम्पन्नताका दृष्टिकोणबाट कनिस्ट मानिए पनि प्राकृतीक विविधता नेपालको सगरमाथा जस्तै उचाईमा रहेका छ । तर अझै सम्म पनि नेपालको सम्पन्नता आर्थिक विपन्नताको छाँयामा छेकिँदै आएको  ।
नेपालको बिभिधतासँगै जोडीएको जैविक सम्पन्नताको उपभोग अझै सम्म पनि उपयोग गर्न सकिएको छैन । हप्तादिन सम्म डढेलोले वनै सखाप पार्दा पनि त्यसबाट उठेको धुँवाको राग अझै नीति निर्माताहरुको नाक सम्म पुगेको छैन । पूर्वी नेपालका तेह्रथुम, धनकुटा, ईलाम लगायका जिल्ला एक हप्ता भन्दा लामो  समय सम्म फैलिएको डढेलो निभाउन सरकारले आवश्यकनै ठानेन् वा डढेलो लागेको थाहै पाएन । डढेलोले वनका रुखमात्रै डढाएन । त्यहाँ भित्रका बहुमुल्य जडीवुटी, जीवजन्तु तथा समग्रा पारिस्थितिक पद्धतीमा कति सम्म क्षती पुग्न सक्छ भन्ने हेक्का राख्न पनि नीतिको डाडु–पुन्युवालाहरुले बुझ्न सकेका छैनन् ।
विश्वमा नै दुलर्भ मानिएको रेडपाण्डा केहि समयदेखि मर्नेक्रम बढेको छ । विश्व सम्पदा सुचिमा सुचिकृत रेडपाण्डा संरक्षण गर्नु पर्ने जन्तु हो भनेर पनि वन्यजन्तु संरक्षणको ‘जिम्मा मेरै मात्र हो’ भन्नेहरुले सुझबुझ देखाएका छैनन् । पूर्वोत्तर जिल्ला ताप्लेजुङ्मा रेडपाण्डा संरक्षणका अनेक कार्यक्रहरु पनि सञ्चालन हुने गरेका छन् । कञ्चनजंघा हिमालको फेदीमा गहनाको रुपमा रहेको रेडपाण्डा प्राकृतीकरुपमा रोगाएर भन्दा पनि मानविय आक्रमणबाट मर्ने क्रम प्रारम्भिक अनुमान बाट देखिएको छ । विश्वले महत्वपूर्ण मानिएका जीवजन्तूहरुको महत्व सरकारले तिनै जीवजन्तूको मुख्य वासस्थान वरपरको समुदायलाई पनि बुझाउन सकेको छैन । आर्थिक प्रलोभनमा परेर बहुमुल्य वन्यजन्तुको शिकार भईरहँदा पनि त्यसको नियन्त्रणका लागि आवश्यक महत्व दिन सकिएको छैन ।
ताप्लेजुङ तथा अन्य जिल्लाहरुमा उत्पादन हुने चिराईतोले पनि व्यवसायीक रुपमा उचित मुल्य पाउन सकेको छैन । औषधी तथा औषधीजन्य बिभिन्न बस्तुहरुको उत्पादनमा प्रयोग हुने चिराईतो लगायका बिभिन्न जडिबुटीहरु व्यापारीले तोकेको मुल्यमा बेच्न र त्यहि जडिबुटीबाट उत्पादित औषधी उत्पादकले तोकेको मुल्यमा खरिद गर्न नेपालीहरु बाध्य छौं । वनबाटै जडीवुटीको चोरी हुँदा समेत त्यसको नियन्त्रण र जडीबुटी संरक्षण तर्फ अझै सरकारी ध्यान पुग्न सकेको छैन ।
 वन्यजन्तु तथा प्राकृतिक बिविधताको संरक्षणलाई आर्थिक सम्पन्ताको विषय सँग पनि जोडेर महत्व बुझाउन आवश्यक छ । कुनै पनि स्थानको संरक्षण गरे वापत स्थानीयवासीले के–के फाईदा लिन सक्छन भनेर बुझाउन नसक्दा बन्यजन्तु तथा वनमा आधारीत अन्य बहुमुल्य बस्तुको चोरी–निकासी तथा शिकार नियन्त्रण हुन सकेको छैन । त्यसैले देशको जैविक बिविधताको गीतमात्रै गाएर बस्ने हो भने एक दिन यस्तो गौरवको गीत गाउने बिषयनैं हराउन पनि सक्छन् । त्यसबेलामात्र जैवीक बिविधताको संरक्षणका लागि चेत खुल्दा ढिला भई सकेको हुनेछ । त्यसैले नेपाली वन सम्पदा तथा जैविक विविधताको संरक्षणका लागि सरकारले प्रभावकारी नीति ल्याउन तथा संरक्षणका लागि स्थानीयवासीलाई समेत त्यसको महत्व बुझाउन आवश्यक छ ।

0 प्रतिकृया:

Post a Comment