बालकल्याणको अध्यक्षमा काफ्ले

शिवगञ्ज, चैत्र १/माहाभारा–३ कुञ्जिबारीस्थित बालकल्याण माविको व्यवस्थापन समिति अध्यक्षमा पर्शुराम काफ्ले (अर्जुन) निर्वाचित भएका छन् ।
मंगलबार सम्पन्न निर्वाचनबाट समितिका सदस्यहरुमा रीताकुमारी लिम्बु, हरिनारायण राजवंशी र भरत अधिकारी निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित काफ्लेले २ सय मत पाएका छन् । उनका प्रतिद्वन्द्वी गणेश राजवंशीले १ सय ३३ मत पाएका थिए ।
त्यसैगरी सदस्यहरुमा निर्वाचित लिम्बुले २ सय ३४ राजवंशीले २ सय ४ र अधिकारीले १ सय ७९ मत ल्याएका स्थानीय रघुनाथ निरौलाले जानकारी दिए । कूल ३ सय ७९ मतदाता रहेको सो निर्वाचनमा ३ सय ५५ मत खसेको जनाइएको छ ।
अध्यक्षमा निर्वाचित काफ्लेले आफ्नो जीत सबै अभिभावकहरुको सामूहिक जित भएको प्रतिक्रिया दिएका छन् ।

0 प्रतिकृया:

Post a Comment