व्रैद्यद्वारा राजिनामाको माग – उपमुख्य समाचार

माओवादी उपाध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री बाबुराम भट्टराईले तत्काल राजिनामा दिनुपर्ने माग गरेका छन् । उनले राष्ट्रघाती काम गरेकोले वर्तमान सरकार विरुद्ध सडक संघर्ष चर्काउने चेतावनी समेत दिएका छन् ।
पार्टी मुख्यालय पेरिस डाँडामा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै वैद्यले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि भट्टराईको राजिनामा माग गरे । ‘यो सरकार माओवादीको जस्तो भएन,’ उनले भने–‘सरकारले पार्टीको एजेन्डा पनि कार्यान्वयन गरेन । माओवादीको सरकार हो भन्ने महशुश नै हुँदैन ।’ भट्टराईले राजिनामा गर्न ढिलाई गरेकोमा वैद्यको आपत्ति थियो ।

पार्टीको निर्णय कार्यान्वयन नगर्ने तथा राष्ट्रघाती कतिपय काम गरेको यो सरकार विरुद्ध आवश्यक परे सडक संघर्ष चर्काइने वैद्यको भनाई थियो । भट्टराईको राजिनामापछि सरकारको नेतृत्व कसले गर्ने विषयमा आफूहरु खुला रहेको उनले बताए ।
यसअघि आईतबार र सोमबार वैद्य पक्षीय केन्द्रीय सदस्यहरुको बसेको बैठकले भट्टराईको राजिनामाको विषय चर्काउने
तथा  राष्ट्रिय स्वाधिनता र केन्द्रीय समितिले गरेको निर्णय कार्यान्वयन गराउन सडकबाट  आवाज उठाउने निर्णय गरेको थियो ।

0 प्रतिकृया:

Post a Comment