अभिभावक संघमा पुनः शिवाकोटी

बिर्तामोड, चैत्र १/संस्थागत विद्यालय अभिभावक संघ झापाको मंगलबार सम्पन्न तेश्रो जिल्ला सम्मेलनले पुनः मोहन शिवाकोटीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
शिक्षा राज्यमन्त्री लिला भण्डारीको प्रमुख आतिथ्यमा भएको सम्मेलनले सर्वसम्मत १५ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्ष सीता बस्नेत, सचिव घनश्याम अधिकारी, सह–सचिव आनन्द लिम्बू र कोषाध्यक्षमा दिपेन्द्र दाहाल रहेका छन् ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी
लक्ष्मीप्रसाद भट्टराई, संघका संस्थापक अध्यक्ष हरी कट्टेल, प्याब्सनका जिल्ला अध्यक्ष नारायणप्रसाद घिमिरे, एनप्याब्सनका जिल्ला सचिव धर्मराज माझी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष गणेश पोखरेल, पुस्तक व्यवसायी संघका केन्द्रीय सदस्य श्याम ढकाल, एशिया पब्लिकेसनका पूर्वाञ्चल प्रतिनिधि शिव ढुङ्गेल लगायतले बोलेका थिए ।
संघकी तत्कालिन जिल्ला उपाध्यक्ष सुमित्रा प्रसाईले स्वागत मन्तव्य राखेको कार्यक्रममा  सीता बस्नेतले आर्थिक तथा अध्यक्ष शिवाकोटीले सांगठानिक प्रतिवेदन पेश गरेका थिए । सम्मेलनले संघको विधान संशोधन प्रस्ताव समेत पारित गरेको छ ।

0 प्रतिकृया:

Post a Comment