शाख्वाको सालिक निर्माण शुरु

दमक, चैत्र १/ दमक–११ मा राष्ट्रिय बिभूती शंखध्वज शाख्वाको सालिक निर्माण शुरु गरिएको छ ।
नेवाःदेय दवू दमकको अगुवाईमा निर्माण शुरु गरिएको सालिकको दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले शिलान्यास गरेका हुन् । कार्यक्रममा एकिकृत नेकपा माओवादीका कोचिला राज्य समिति सदस्य सन्त किराती, नेपाली कांग्रेसका नगर सभापति ढुण्डिराज भण्डारी, नेकपा एमालेका नगर अध्यक्ष अम्बिका खनाल, लिम्बूवान मुक्ति मोर्चाका जिल्ला अध्यक्ष देउकुमार नेम्वाङ्, आदिवासी जनजाति महासंघ दमक  नगर समन्वय परिषद्का अध्यक्ष मोहन धिमाललगायतले बोलेका थिए ।
५ लाख रुपैयाँ लागत अनुमान गरिएको सालिक आगामी तिहारको लक्ष्मीपूजाको दिन अनावरण गरिने लक्ष्य रहेको दवू तथा सालिक निर्माण समितिका सचिव राम प्रधानले जानकारी दिए । सालिक निर्माणका लागि नरेशकुमार श्रेष्ठको अध्यक्षतामा निर्माण समिति गठन गरिएको छ ।

0 प्रतिकृया:

Post a Comment