दुर्घटनामा ५ दर्जन घाइते

बिराटनगर, चैत्र १/सीमा सुरक्षा कार्यालय सुनसरी इनरुवाबाट फाइरिङका लागि झापातर्फ जाँदै गरेको सशस्त्र प्रहरीको मिनी ट्रक दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
मंगलबार बिहान ५ बजे बा१ग २०६१ नम्बरको ट्रक मोरङको दुलारी–३ पूर्व–पश्चिम राजमार्गमा ब्रेक फेल भइ दुर्घटना भएको थियो । घाइतेमध्ये १६ जनाको स्थिति गम्भीर रहेको र उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यसैगरी जन्ती बोकेर गईरहेको बस सोमवार राति सप्तरीको वभनगामा कट्टिस्थित खाँडो पुलमा दुर्घटना हुँदा ३० जना भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये
६ जनाको अवस्था गम्भीर रहेको छ ।
राजविराजबाट वभनगामा कट्टी तर्फ गईरहेको ना १ ख ३६८७ नम्वरको अन्सारी ट्राभल्स राति करिब साढे ९ वजे खाँडो पुलमा दुर्घटनाग्रस्त भएको हो । पुल नजिकै सडकमै पार्क गरेर राखिएको ट्रयाक्टरमा ठोक्किएर अनियन्त्रित भइ बस पल्टिएको प्रत्यक्षदर्शीले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment