इलाम र सुनसरीमा ुवर्डफ्लु को पुष्टी


सुनसरी/सुनसरीको खनार इटहरी र इलामको फाकफोक क्षेत्रमा मरेका कुखुरामा बर्डफ्लु भएको पुष्टी भएको छ । 
बेलायतस्थित अन्तर्राष्ट्रिय परीक्षण प्रयोगशालामा पठाइएको नमुनामा बर्डफ्लु पुष्टी भएको राष्ट्रिय पशु निर्देशनालयका कार्यक्रम निर्देशक डा। रामकृष्ण खतिवडाले जानकारी दिए । आइतबार बिहान परीक्षण रिपोर्ट आएपछि जिल्ला पशु कार्यालय सुनसरीले सतर्कताका लागि कर्मचारी खटाएको छ । त्यसका लागि कर्मचारीलाई बिदा नलिन निर्देशन दिइसकिएको कार्यालयले जनाएको छ ।
इलामको फाकफोक गाविस-२ स्थित पाचमी बजारमा मरेका कुखुरामा पनि बर्डफ्लु पुष्टी भएको छ । ुत्यहाँ करिब २ हजार कुखुरा मरेका थिएु खतिवडाले भने ुत्यहाँको रिपोर्ट पनि पोजेटिभ छ ।ु राष्ट्रिय पशु स्वास्थ्य निर्देशनालयबाट खटिएको आकस्मिक रोग अन्वेषण टोलीका विशेषज्ञहरुले शंका गरिएको ठाउँमा संक्रमक रोग फैलिएको पुष्टी गरेको छ भने कृषि तथा सहकारी मन्त्रालयले सरकार सबै किसीमको रोकथामको उपाय अपनाउन ुहाई अलर्टु मा रहेको जनाएको छ ।
पुस २६ बाट खनारस्थित पाथीभरा पोल्ट्री फर्ममा कुखुरा मर्ने क्रम सुरु भएको थियो । उक्त पोल्ट्रीबाट करिब दुई किलोमिटर टाढाको इटहरी-६ बज्राहास्थित पिके पोल्ट्री र्फम एन्ड सप्लायस्रका कुखुरा पनि मर्न थालेपछि दुवै ठाउँको नमुना संकलन गरिएको थियो ।
बर्डफ्लु शंका गरिएको सुनसरीको खनार र इटहरी क्षेत्रमा मर्ने कुखुराको संख्या ७ हजार पुगेको छ । शुक्रबार र शनिबार मात्रै ति क्षेत्रमा थप दुई हजार कुखुरा मरेका हुन् । पोल्ट्री फर्ममा कुखुराको स्याहारमा खटिने एक महिला पनि बिरामी परेकी छन् । विराटनगरस्थित क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशाला र काठमाडौस्थित केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालामा पोजिटिभ रिपोर्ट आएपछि थप परीक्षणका लागि ति नमुनालाई अन्तर्राष्ट्रिय परीक्षण प्रयोगशाला बेलायत पठाइएको थियो ।
नमुना पोजेटिभ भएको रिपोर्ट आएपछि पशु स्वास्थ्य निर्देशनालयले शनिबारबाट विशेषज्ञ डा। गणेशराज पन्त र डा। राजेश यादवसहितको टोली प्रभावित क्षेत्रमा खटाएको छ ।

0 प्रतिकृया:

Post a Comment