ट्रक जंगलमा भेटियो-उपमुख्य समाचार

 २३माघ २०६८/त्यसैगरी पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सतासीधाम-६ का दुई स्थानमा ट्रक र स्कुटरको को ठक्करबाट दुई जना बृद्ध बृद्धा गम्भीर घाइते भएका छन् ।
मे।१।ख। ६१३ नम्बरको मिनी ट्रकले आइतबार बिहान ठक्कर दिँदा पैदलयात्री माहाभारा-२ की ७० वर्षीया पार्वता काफ्ले गम्भीर घाइते भएकी छिन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको र चालक फरार रहेका इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
घाइते बृद्धा पार्वताका छोरा अर्जुन काफ्ले पर्शुराम ले आमाको स्वास्थ्यस्थिति बारे चिकित्सकहरुले गम्भीर भनेका बताए । ठक्कर दिने ट्रक प्रहरीको तिव्र खोजीपछि सतासीधाम-९ मा पर्ने राजमार्ग उत्तरको जंगल क्षेत्रमा फेला पारिएको छ । ु५÷६ घण्टापछि मात्रै गाडी जंगलमा भेट्टियोु प्रहरी स्रोतले भन्यो ।
त्यस्तै मे।२।प ६४८३ नम्बरको स्कुटरले ठक्कर दिदा साईकल यात्री बिराटनगर-४ का ७५ वर्षीय विष्णु संग्रौला घाइते भएका छन् । उनको दमकस्थित लाइफलाइन 
अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी दुवागढी-४ मा आइतबार नै बसको ठक्करबाट अर्का एक बृद्ध गम्भीर घाइते भएका छन् । ना।३।ख। ६०६९ नम्बरको बसको ठक्करबाट मे।१।प।८२७० नम्बरको मोटरसाईकलका चालक मधुपुर-८ का ५९ वर्षीय श्रीकुमार शर्मा घाइते भएका छन् । उनको भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment