फाइनलमा झापा मोडल

बिर्तामोड, २३माघ २०६८/दमकको झापा मोडल बोर्डिङ्ग स्कूल एन प्याब्सन झापाले आयोजना गरेको जिल्लास्तरीय अन्तर विद्यालय फुट्बल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोडस्थित डोमालाल रंगशालामा आइतबार भएको सेमीफाइनल खेलमा सुर्योदय बोर्डिङ्ग स्कूल काँकडभिट्टालाई ३ का विरुद्ध ४ गोल लगाउँदै झापा मोडलले फाइनल यात्रा सुनिश्चित गरेको हो । 
ट्राइवेकरमा भएको निर्णयमा झापा मोडलका तर्फबाट संयोग भुजेलले निर्णायक गोल गरेका थिए । भोलि हुने फाइनल खेलमा झापा मोडलले इडन गार्डेन बोर्डिङ्ग स्कूलको सामना गर्नेछ ।

0 प्रतिकृया:

Post a Comment