विकास पत्रकारितामा जोड


बिर्तामोड/झापाको सुरुङ्गामा आयोजित एक कार्यक्रमका सहभागीले अब साचारकर्मीहरुले विकास पत्रकारितामा जोड दिन आवश्यक रहेको बताएका छन् । 
प्रेस चौतारीको १४ औं स्थापना दिवसको अवसरमा झापा शाखाले आयोजना गरेको विकास पत्रकारिता र यसको आवश्यकता बिषयक अन्तरकि्रयामा पत्रकारिताले विकासलाई प्रोत्साहन गर्न आवश्यक रहेको उनीहरुले बताए । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेको बैकल्पिक पोलिटब्युरो सदस्य नरेश खरेलले पत्रकारिताले चेतना पनि जगाउने भएकाले सबैलाई विकास प्रति प्रेरित गर्न र चेतना जगाउन आवश्यक रहेको बताए । 
सुरुङ्गा-८ स्थित धनुषकोटी धाममा भएको कार्यक्रममा एमाले जिल्ला अध्यक्ष रविन कोइराला झापा क्षेत्र नम्बर-६ का सभासद् दीपक कार्कीले विकास निर्माणप्रति स्थानीयबासीलाई प्रेरित गर्न समेत साचारमाध्यमको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । 
चौतारीका जिल्ला अध्यक्ष गोपाल गड्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघकका पूर्वााचल संयोजक मोहन काजी चौतारी केन्द्रीय सदस्य 
चेतन अधिकारी महासंघका जिल्ला अध्यक्ष गणेश पोखरेल पूर्व अध्यक्ष माधव विद्रोही लगायतले विकास पत्रकारितालाई अलग्गै ुबिटुको रुपमा समेत स्थापित गर्न सकिने बताए । 

0 प्रतिकृया:

Post a Comment