खेङयुङको वंश भेला

दमक, २३माघ २०६८/किरात राई वान्तवा खेङयुङ वोखिम वंश प्रतिष्ठानको ३२ औं वार्षिक भेला झापाको लखनपुरमा भएको छ ।
वंश भेला उद्घाटन समारोहका प्रमुख अतिथि महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख सूर्यकुमार राईले किराँत जाति नभएर यो सभ्यता भएको बताएका छन् । उनले किराँत सभ्यतालाई निरन्तरता दिनु हामी सबैको कर्तब्य रहेको बताए । कार्यक्रममा किरात राई यायोक्खाका केन्द्रीय सदस्य पारसमणि राई किरात राई पत्रकार संघका केन्द्रीय सदस्य नगेन्द्र राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । भेला मार्फत् खेङयुङ समुदाय बाट योगदान दिने ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । यसै अवसरमा समुदायका अगुवा स्व। जोसमणि राई स्मृति पुस्तकको पनि विमोचन गरिएको थियो ।
प्रतिष्ठानका माहासचिव ज्ञानदीप राईले सांगठानिक र आर्थिक प्रतिवेदन पेस गरेका थिए । कार्यक्रममा दार्जिलिङ सिक्किम कालिङपोङ काठमाण्डौं भोजपुर सुनसरी मोरङ झापा इलाम पाँचथर लगायतबाट खेङयुङ समुदाय सहभागी छन् । सोमबारसम्म चल्ने भेलाको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष मणिकुमार राईले गरेका छन् ।

0 प्रतिकृया:

Post a Comment