एक्काइसौँ शताब्दीमा पुँजीवादको सङ्क्रमण-पहिलो लेख


सुरेन्द बहादुर नेपाली
ुके बिसौँ शताब्दीको पुँजीवाद एक्काइसौँ शताब्दीको मानव समाजका लागि ठीक छ त ु यस प्रश्नको सकरात्मक पÔमा प्रायः सरकारविरोधी प्रदर्शनकारीहरु रहने गरेका थिए । विश्वका आर्थिक नेताहरु पहिले यसलाई सुत्रै चाहँदैन थिए तर यस वÈ्र हालै स्विजरल्यान्डको डाभोसमा भेला भएर उनीहरुले यस िवÈयमा छलफल गरे ।
शास्त्रीय अर्थशास्त्रीहरु एडम स्मिथ जे।एस।मिल तथा डेभिड रिकार्डोहरुले प्रतिपादन गरेको अर्थशास्त्रको शास्त्रीय सिद्धान्तले सन्को अठारौँ र उत्राइसौँ शताब्दीमा काम गरे । स्मिथको बजार अर्थात् ुअदृष्य हातुले यी दुई शताब्दीमा रामै्रसँग काम गरेका हुन् तर बिसौँ शताब्दीको आरम्भदेखि नै उनीहरुको सिद्धान्तले काम गर्न छोडेको हो । शास्त्रीय अर्थशास्त्रीहरु बजारमा सरकारी हस्तÔेप निम्त्याउन हुदैन भन्थे तर उनीहरुका यस अवधारणुले बिसौँ शताब्दीका मन्दीका समयमा कामै गरेन ।
यसै अवधारणुमा समायोजनका लागि जोन मेनियार्ड किन्सले ठाने बजारमा निजी Ôेत्रको पुँजीको कमीले बेरोजगारी बढेको हो र उनले सरकारले यो कमी पूरा गर्न हस्तÔेप गर्नुपर्छ भत्रे धारणु अगाडि बढाए । यसले सन् १९५० को दशकमा अर्थतन्त्र सुधार्न सहयोग नै गर् यो । तर बिसौँँ शताब्दीको अन्त्य तथा एक्काइसौँ शताब्दीको आरम्भमा यो नवशास्त्रीय सिद्धान्तले पनि काम गर्न नसकेको दाबी एक्टन विश्वविद्यालयको होप कलेजका डा। भिक्टर भी क्लारले गर्नुभएको छ । त्यसो त यस शताब्दीको आरम्भमा युरोपको ऋण्ँ सङ्कटका समयमा प्रायः सबै आमसाचार यस िवÈयमा सहमत भएका हुन् ।
डाभोसमा भेला भएका विश्वका आर्थिक नेताहरुसमÔ टाउको दुःखाई थियो ुअब कस्तो प्रकारको पुँजीवाद आवश्यक छ त ू बेलायती प्रसारक संस्था बीबीसीका अनुसार भेलामा सहभागी भएका माइक्रोसफ्टका संस्थापक बिल गेट्सले विश्व कठिन अवधिबाट गुजि्ररहेको भए पनि ऊसँग मानवतालाई विकास गर्न अन्य कुनै पनि प्रणुली नभएको बताउनुभएको उल्लेख गरेको छ ।
डाभोसमा आउनु अगाडि बेलायतमा यस संस्थाको एक कार्यक्रममा गेट्सले पुँजीवादकै कारण्ँ यो विश्व वर्तमानको समृद्ध अवस्थामा आएको बताउनुभएको थियो । उहाँले यसै व्यवस्थाका कारण्ँ आफूले युवा हुँदा नै माइक्रोसफ्ट स्थापना गर्नसकेको र आफ्ना साथीहरुलाई नोकरी दिनसकेको बताउनुभयो । उहाँले अन्य प्रणुलीले आफूलाई त्यसो गर्न नदिने दाबी गर्नुभयो ।
विश्वका सबैभन्दा धनी तथा शक्तिशाली दुई हजार ६०० व्यक्तिहरुको भेलामा ुजिम्मेवार पुँजीवादुका िवÈयमा छलफल हुनुपर्ने धारणु लेखापालन संस्था केपीएमजीको बेलायती तथा युरोपेली अध्यÔ जोन गि्रफिट-जोन्सले राख्नुभएको थियो । यस भेलाका संस्थापक प्राध्यापक क्लाउस स्कब त वर्तमानको पुँजीवाद समय सुहाउँदो नभएकोमा जोड दिइरहनुभएको थियो । उहाँले वर्तमान राजनीतिक तथा आर्थिक नेतृत्वले भविष्यको पुस्ताको विश्वास गुमाएको दाबी गर्नुभयो । जिम्मेवार पुँजीवादको िवÈयमा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले पनि पटक-पटक वकालत गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले यसै साता सङघीय सम्बोधनमा धनी तथा सबैभन्दा शक्तिशाली व्यक्तिले तिर्नुपर्ने कुरा नतिर्नु सामाजिक तथा आर्थिक रुपले दिगो नहुने बताउनुभएको थियो । यो उहाँको जिम्मेवार पुँजीवादतर्फको वकालत थियो ।
विश्वका ठूला बैङक औद्योगिक समूह तथा संस्थाहरुले आयोजना गरेको यस भेलामा युरोÔेत्र वित्तीय Ôेत्र गरीबी असमानता संस्थागत जिम्मेवारी तथा चीनको उदयका िवÈयमा निकै छलफल भयो । विश्वका ठूला आर्थिक नियन्त्रकहरुले यस भेलामा चीनलाई थप खुलापनका लागि जोड त दिए तर भेलाका लागि सकरात्मक पÔको रुपमा चीन भारत तथा ब्राजिलको अर्थतन्त्रलाई लिइयो । प्रुान्सेली विज्ञापन संस्था हाभासका कार्यकारी अधिकृत डेभिड जोन्सले यी कुरालाई आशाको रुपमा लिनुभयो ।
उहाँले विश्वका नेताहरुले जनताको विश्वास पुनः प्राप्त गर्न निकै प्रयास गर्नुपर्ने बताउनुभयो । उहाँले सामाजिक आमसाचारले एउटा निकै पारदर्शी विश्व सृजना गरिदिएको र जनशक्तिले नेताहरुलाई आफूले चाहेजस्ता बनाउन प्रयास गरिरहेको दाबी गर्नुभयो ।
अन्तर्राष्ट्रिय मजदुर महासङघका प्रमुख शारन बुरोले भने विश्वका नेताहरुले नैतिकता गुमाएको दाबी गर्नुभयो र यसका कारण्ँ सामाजिक अस्थिरता आउनसक्ने चेतावनी दिनुभयो । उहाँले विश्वका ठूला कम्पनीहरुलाई उत्पादक अर्थतन्त्रमा रोजगारी सृजनाका लागि वास्तविक लगानी गर्न आह्वान गर्नुभयो । यस भेलामा अमेरिका तथा युरोप जस्ता पूण्र्ँ प्रतिस्पर्धाको पुँजीवाद तथा चीन तथा रसिया जहाँ सरकारले रोजगारी सृजना गर्न ठूलो भूमिका खेलेको छ त्यसका अर्थतन्त्रबीच भित्रतामा पनि छलफल भयो ।
जर्मनीका चान्सलर एन्गेला मर्केलले वर्तमान समय युरोपेली नीतिनिर्माताहरुले नयाँ विधिको िवÈयमा पुनः सोच्ने समय भएको बताउनुभयो । उहाँले विश्व व्यापारमा एकीकृत सम्´ाैता गर्न असफलताले संरÔण्ँवादलाई बलियो बनाउने उल्लेख गर्दै यस अवधिमा युरोÔेत्रमा भएको संरचनागत कमजोरी उदाङ्गो भएको उल्लेख गर्नुभयो । उहाँले अहिले विश्वभर नै विश्वासको सङ्कट देखापरेको पनि उल्लेख गनुभयो ।
त्यसो त युरोÔेत्रले विश्वको कुल गार्हस्थ उत्पादनलाई एक प्रतिशतले ह्रास गराएको अनुमान सिटिग्रुपका प्रमुख कार्यकारी अधिकृत विक्रम पण्डितले गर्नुभएको हाभार्ड विश्वविद्यालयको केनेडी स्कुल अफ गभर्नमेन्टका अध्यता हालाले व्यक्त गर्नुभएको छ । उहाँ यस सभामा एक सहभागी हुनुहुन्थ्यो । अम्मेलनमा अन्तर्राष्ट्रिय मुद्रा कोÈका व्यवस्थापन निर्देशक कि्रस्टिन लेगार्ड तथा अमेरिकी अर्थमन्त्री टिमोथी गिथनर पनि उपस्थित हुनुहुन्थ्यो र उहाँहरुले पनि आफ्ना भनाइ राख्नुभएको थियो ।
कार्लाइल लगानी कोÈका व्यवस्थापन निर्देशक डेभिड रुपबे_िन्स्टनले पश्चिमी मुलुकलाई आफ्नो आर्थिक ढाँचा सुधार गर्न चार वÈ्रको समय प्राप्त भएको र उनीहरु असफल भए उनीहरु बाँचेको पुँजीवाद पराजित हुने बताउनुभयो । सिकागो विश्वविद्यालयका प्राध्यापक रघुराम राजन भने २० औँ शताब्दीको पश्चिमी अर्थतन्त्रले आफ्नो वचन पूरा गर्न नसकेको दाबी गर्नुभयो । उहाँले १९६० को दशकमा उच्चवृद्धि प्राप्त हुँदा लोककल्याण्ँकारी राज्यको अवधारणुमा अनेकौँ वचन दिइएको र ७० देखि ८० को दशकमा पुग्दा वृद्धि नै कमजोर हुनपुगेको उल्लेख गर्नुभयो ।
स्ट्यान्डर्ड चार्टर्डका प्रमुख अर्थशास्त्री गेरार्ड लियोन्सले युरोपले गलत समस्यामा ध्यान दिएको दाबी गर्नुभयो । उहाँले वृद्धिलाई ध्यान दिएर ऋण्ँको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । हालाका अनुसार महान् सङ्क्रमण्ँतर्फको प्रयासको रुपमा लिइएको यस भेलाले असमानता तथा समावेशीलाई आफ्नो केन्द्रीय मुद्दा बनाएको थियो । उहाँले पुरानो पुँजीवाद मरिसकेको दाबी गर्नुभएको छ । उहाँले भेलाका आयोजकहरुले सेयरमालिकका पुँजीवादबाट सरोकारवालाको पुँजीवादतर्फ आर्थिक अभ्यासहरुलाई परिवर्तन गर्न चाहेको उल्लेख गर्नुभएको छ । यसका लागि युवा महिला तथा सीमान्तीकृत समूहलाई यस भेलामा स्थान दिइएको उल्लेख गर्नुभएको छ ।
वर्तमान विश्व अर्थतन्त्रलाई प्रविधिले नै अगाडि बढाउनसक्ने धारणु भने सबैको मनमा रहेको उक्त भेलामा देखिएको थियो । हालाले दिनुभएको तथ्याङ्क अनुसार प्रविधिका कारण्ँ गुमेका प्रति रोजगारीका लागि प्रविधिले २।६ रोजगारी दिने गरेको छ । फेसबुक एउटाले मात्रै दुई लाख ३० हजार नोकरी सृजना गरेको शेर्ली स्यान्डवर्गले बताउनुभएको छ । सभामा वर्तमान विश्वमा माथिबाट तल ´र्ने नेतृत्वभन्दा समानान्तर र समथर रुपमा साजालमा जोडिएका नेतृत्वको आवश्यक भएकोमा जोड दिइएको थियो ।
अन्त्यमा क्लाउस स्क्बले भन्नुभएको थियो भविष्यमा कुनै पनि राष्ट्रिय तथा व्यापारी संरचनाको प्रतिस्पर्धीपना पुँजीमा भन्दा त्यसमा रहेका Ôमतामा भरपर्छ । यसैले पुँजीवाद Ôमतावादतर्फ सङ्क्रमण्ँमा अगाडि बढिरहेको मैले परिभाÈा गरेको छु ।
स्रोत ः विभिन्न समाचार संस्थाहरु

0 प्रतिकृया:

Post a Comment