बस पल्टिदाँ तीनको मृत्यु ११ घाइते-मुख्य समाचार

एकै दिन चार ठाउँमा दुर्घटना
सुरुङ्गा, २३माघ २०६८/झापाका विभिन्न चार स्थानमा आइतबार सडक दुर्घटना भएका छन् । ति दुर्घटनाहरुमा तीन जनाको मृत्यु भएको छ । त्यस्तै ३ जना बृद्ध बृद्धासहित ११ जना घाइते भएका छन् । यात्रुबाहक बस कल्भर्टमा ठोकिदा भएको दुर्घटनामा आइतबार बिहान चालकसहित तीन जनाको मृत्यु भएको हो ।
आइतबार बिहान ८ः१५ बजे पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको घैलाडुब्बा-१३ मा पर्ने कल्भर्टमा ठोक्किएर सो दुर्घटना भएको अनुमान गरिएकोछ ।

काँकडभिट्टाबाट धरान तर्फ जाँदै गरेको मे।१।ख ९१६ नम्बरको यात्रुबाहक बसका चालक मेचीनगर १० का ३३ वर्षीय अशोक अधिकारी घटनास्थलमै र अन्य दुई जना यात्रुको उपचारकाक्रममा मृत्यु भएको हो । 
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा मेचीनगर-१ का १० वर्षीय निर्जल रिजाल र इटहरी-५ की ७० वर्षीया कृष्णमाया श्रेष्ठको समेत उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा अन्य ८ जना यात्रुहरु घाइते भएका छन् । 
घाइतेहरुको विवरण तालिकामा हेर्नुस् ।

0 प्रतिकृया:

Post a Comment