झारबारीमा महायज्ञ

लखनपुर/ लखनपुर-३ झारबारीमा यही फागुन ८ गतेदेखि श्रीमद् भागवत् सप्ताह धान्यााचल महायज्ञ हुने भएको छ ।
स्थानीय लक्ष्मी नारायण मन्दीर पूराण आयोजक मूल समितिको आयोजनामा मन्दीरको भौतिक पूर्वाधार निर्माण अक्षय कोष स्थापना र दिगो शान्तिको लागि पूराण साचालन हुने भएको हो । आयोजक समितिका सचिव राजेन्द्र मिश्रका अनुसार यूवा पण्डीत कुवेर सुवेदीको कथावाचन रहने सो पूराण फागुन १५ गते सम्म चल्ने छ ।

0 प्रतिकृया:

Post a Comment