मन्दीरले चलायो निःशुल्क ट्युशन

छविलाल दवाडी
दुधे/ सतासीधाम-९ स्थित श्री कृष्ण प्रणामी मन्दीरले कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई निःशुल्क ट्यूशन कक्षा साचालन गरेको छ । मन्दीरले नजिकिएको एस।एल।सी।sाे पूर्व तयारी स्वरुप ४० जना विद्यार्थीलाई ट्यूशन पढाउने व्यवस्था मिलाएको हो । ट्यूशन कक्षाको शनिबार औपचारीक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । माईधामका व्यासाचार्य मोहनान्द महाराजले सो को उद्घाटन गर्दै मन्दीरले थालेको सो कार्यको प्रशंसा गरे ।
कार्यक्रमका विशिष्ट अतिथी राष्ट्रिय रमणीय आदर्श उच्च मावि दुधेका प्राचार्य उमानाथ दाहालले शैक्षिक क्षेत्रमा मन्दीरले सहयोग पुर् याउन थालेको सो कार्य अनुकरणीय भएको बताए ।
मन्दीरका अध्यक्ष पर्शुराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अगुवाहरु मोतीबहादुर चापागाई नरप्रसाद लामिछाने दधिराम खनाल शिवकुमार यो·या र विद्यार्थी गंगा लम्सालले बोलेका थिए ।
कार्यक्रम संयोजक कालिप्रसाद रिजालका अनुसार ट्यूशन कक्षामा सामुदायिक विद्यालयहरुबाट ५० प्रतिशत मन्दीरबाट २५ प्रतिशत र पत्रकारहरुका तर्फबाट २५ प्रतिशत विद्यार्थीहरु सहभागी रहेका जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment