यूएनएचसीआरको गाडीले ठक्कर

केरखा/ पूर्व पश्चिम राजमार्ग अन्तर्गत तोपगाछी-५ मा शरणार्थी मामिला सम्बन्धी राष्ट्र संघीय उच्च आयोगको गाडीले ठक्कर िदंदा १ जना घाइते भएका छन् ।
शनिबार बिहान १० बजे ६६-०१-७३ नम्बरको गाडीले मे।२२ प।७४ नम्बरको मोटरसाईकललाई ठोक्काउँदा मोटरसाईकल चालक सतासीधाम-१ का ३२ वर्षीय सन्त आङ्देम्बे घाइते भएका हुन् । उनको उपचारका लागि दमकस्थित लाईफलाईन अस्पताल पठाइएको र दुवै सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment