अमर कृषकमा नयाँ नेतृत्व

दुधे/ सतासीधाम-६ स्थित अमर कृषक समुहको दोस्रो साधारण सभाले हर्कबहादुर थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
शनिबार सम्पन्न भएको भेलाले उपाध्यक्षमा शरणबहादुर कटुवाल सचिवमा सीता थापा सह-सचिवमा यशोदा अधिकारी र कोषाध्यक्षमा सोमनाथ खनाललाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा शान्ता कटुवाल पवित्रा थापामगर अनिता रेग्मी र मिना मैनाली चयन भएका छन् ।
सो सभा भोजकुमारी नेपालको अध्यक्षतामा र सीएल दवाडीको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य इश्वरी दवाडीले व्यक्त गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment