" कर्मचारी सरुवामा हस्तक्षेप छ "

दमक/ कर्मचारी सरुवाका विषयमा स्पष्ट नीति नहुँदा कर्मचारी क्षेत्रमा समस्या दोहोरिने गरेको एकजना पूर्व मन्त्रीले बताएका छन् ।
पूर्व सामान्य प्रशासन मन्त्री यूवराज कार्कीले शनिबार दमकमा पत्रकारहरुसँगको कुराकानीमा त्यस्तो बताएका हुन् । उनले सरुवाका विषयमा न्यायोचित प्रणालीको विकास हुन नसकेको समेत बताए । ुदुई वर्ष नपुग्दै सरुवामा राजनीतिक आग्रह पूर्वाग्रह राखेर हात हाल्ने परिपाटीले एकदमै समस्या बनाएको छु पूर्व मन्त्री कार्कीले भने ।
यूवराज कार्की

उनले कर्मचारी क्षेत्रमा राजनीतिकरण हुने गरेको चर्चा गर्दै यसबाट कर्मचारीहरुमा नै असन्तुष्टि बढेको पनि बताए ।

एक अर्को प्रसङ्गमा नेकपा एमालेबाट संविधान सभामा प्रतिनिधित्व समेत गरिरहेका कार्कीले विवाद समाधान उप समितिका बैठकहरुमा माओवादी नेतृत्व अनुपस्थित भइरहने समस्याका कारण संविधान निर्माणको गति अगाडि बढ्न नसकेको आरोप लगाए । ुकतिपय सहमती भइसकेका विषयहरुमा पनि माओवादी नेताहरुले जथाभावी रुपमा बोली िदंदा सहमतीहरु उल्टीदै गएको हुन कि भन्ने आशंका बढेको छु उनले भने ।

0 प्रतिकृया:

Post a Comment