िहंसा, शान्ति र सभ्यता - पहिलो लेख

नरपाति पाण्डे
समाजमा विकृतिले विकला¨ बढाउँदै छ । िहंसालु राजनीतिको तेजोवध हुन सकेन । सहमति सहकार्य र मेलमिलापको न्यूनतम आधार बनाएर प्रतिस्पर्धाको राजनीति स्थापित गर्न बैसठ्ठी-त्रिसठ्ठीको लोकतान्त्रिक आन्दोलनले अह्राएको थियो । बैसठ्ठीसम्म हुर्केको िहंसात्मक प्रतिरोधात्मक दमनात्मक र घृणात्मक संस्कारहरुलाई क्रमशः त्याग्न सरोकार पक्ष माझ विस्तृत शान्ति सम्झौता भएको थियो । सद्गुणको विकासका लागी िहंसा आतङ्क र भ्रमबाट पीडित नागरिकहरुले राजनीतिक रुपमा सबै राजनीतिक दलहरुलाई शासन सत्ताका लागी मतद्वारा अनुमोदन गरेका थिए । तर नागरिकको आशा माथि राजनैतिक भरोसा सहज बनेन ।
िहंसा मानव सभ्यताको क्रुर संस्कृति हो । पशुपन्छीहरुको वधलाई त ूपशु िहंसाू रोक्न मानव चेतना अगाडि बढेको छ भने मानिसलाई नै क्रुरतापूर्वक हत्या गर्ने समाजमा मानवीय संवेदनशीलता कहाँनेर विचरण होला । हत्या र िहंसाकेा औजार राजनीतिलाई बनाइरहाजेल समाजमा परिवर्तन दबेर बस्छ । अशिक्षा गरिबी अभाव पक्षपात र शोषण हट्न नसकेको समाजमा हत्या र िहंसा थपिदा समाज झन अ¨भ¨ हुन्छ । अहिले हाम्रो समाज यिहं स्थितिमा लम्पसार परेको छ ।
शान्तिको ढोकाबाट उदाएको अग्रगमनको शासन सत्ता भ्रान्ती भोगचलनमा मस्ताउँदै छ । गरिब समाज भएकेा मुलुकमा राजनीति क्रुर र निर्दयी हुँदोरहेछ । राजनीतिको रुप जात अनुहार वर्ग-वर्ण र नाता हुँदारहेनछ । क्रोध कुण्ठा र प्रतिशोध राजनीतिमा वर्णशङ्कर भएर मौलाए पछि सुसंस्कृति सभ्यताको नश्ल नै मासिन्छ । हाम्रो नेपाली समाजको सामाजिक भोगचलन यहीं अवस्थामा छ । आफैले जन्माएका बालबच्चा बाबु-आमाले हत्या गरेको बोक्सीको आरोपमा असहाय निरीह र पहुँचहीन महिलालाई जिउँदै जलाउने र मुलमुत्र खुवाउने घटना दिनानुदिन बढ्दै छन् । शान्ति र अमनचयनका लागी राज्यले व्यवस्था गरेको प्रहरी संयन्त्रका बरिष्टदेखि कनिष्ठले आºनै जहान परिवारको हत्या गर्ने अवैधधन्दामा संलग्न हुने दृष्य र घटनाहरुले सत्ताको शासकीय क्षमता ह्रासोन्मुख हुँदैछ । कानुन बनाइ नियमन गर्ने मुलुकको अखण्डताको रक्षा गर्ने प्रधानमन्त्री मन्त्री र राजनीतिक नेतृत्व आफै मुलुक कमजोर बनाउने बक्तव्यबाजी गर्न कत्ति पनि लाजशरम मान्दैनन् । अनि ूशान्ति र समृद्धिको लागी आºनो नेतृत्व आवश्यक छ ू भनेर सत्तालिप्साले विक्ष्ाप्त हुन पुग्छन् । के अनादर कु्ररता र िहंसात्मक मनोरोगबाट ग्रसित राजनीति व्यवहारबाट मुलुक अगाडि बढ्ला
िहंसाजन्य राजनीतिले कानुनलाई तुच्छ बनायो । सामाजिक रुपमा प्रचलित सद्भाव सहिष्णुता भातृत्व-बन्धुत्व आदि अपहरित भए । शक्तिका लागी पैसा र पैसाका लागी शक्ति जागेको छ । वर्गीय रुपमा रहेको थिचोमिचो शोषण पक्षपात र अपहेलनाको अवस्था झन गहिरिएकेा छ । िहंसाकेा विभीषाले वर्गीय असन्तुलन बढेको छ । अपराधिक राजनीतिको सहराले धनदौलत कमाउने र मोज गर्ने नयाँ संस्कारको विकास भएको छ । के यो प्रवृति अन्करण्ीय छ उदयमान पूस्ताहरुका लागी यस्तै हर्कतहरु गर्दै गए मुलुक समृद्धिमा रुपान्तरण होला नागरिकहरुले बुघ्न जरुरी छ । अपराध कलङ्क र कुलत राजनीतिगर्नेहरुको नभई नहुने योग्यतामा दर्ज हुन लागेको देखिन्छ । शान्ति स्थापनाको लागी सबै र¨ र रुपका राजनीतिक शक्तिहरुलाई सहज बनाइ दिएको शान्ति मार्गमा हिड्न किन यति धेरै दुष्कर्म
प्रतिस्पर्धा विज्ञानले प्रमाणित गरेको बैज्ञानिक बाटो हो । द्वन्दवादी दर्शनको मुल पक्ष प्रतिस्पर्धा हो । िहंसाले सामन्ती बिरासतको बाटो निर्देश गर्दछ । विश्वका समृद्ध र सुसंस्कृत मानव समाजहरु िहंसात्मक राजनीतिक वातावरण र परिवेशमा बनेका होइनन् । जातिय विखण्डन धार्मिक असहिष्णुता वैमनस्यता आदि कलङ्कहरु सभ्य समाजका अवरोधहरु हुन् । समाजलाई गतिहीन बनाउने अमानवीय व्यवहारहरु प्रतिगमन र पश्चगमनका औजारहरु हुन् । त्यसैले यस्ता प्रवृतिका पक्षहरु र व्यवहारहरु अहिलेको राजनीतिले त्याग्न सक्नु पर्दछ । सद्भाव र सहष्णिुतासहितको प्रतिस्पर्धाको बाटो समातेर मुलुकलाई नेतृत्व दिनुपर्दछ ।
नेपाली नागरिकहरुको उत्फुल्लताका दिनहरु कहिले आउला उदात्तचरित भएको राजनीतिक नेतृत्व र कार्यकर्ता निर्माण नभएसम्म हर्ष र शान्ति असम्भव छ । िहंसा त्यागेर सह्रदयी र विनम्रताको बाटोमा वर्तमान राजनीति डोहोर् याउन अगुवा नेताहरु लाग्न जरुरी छ । कानुनलाई शक्तिशाली बनाउन नेतृत्व अनुशासित बन्नु पर्दछ । राष्ट्र राष्ट्रियता र स्वाभिमानलाई साझा बनाएर मुलुकलाई पिरोल्ने अपराधिक प्रवृतिहरु हटाउन तदरुकता बढाउनु पर्दछ । शक्तिको हानथाप होइन शान्ति समृद्धि र सुन्दर सभ्यताका लागी राजनीतिक गतिशीलता मिलेरै बढाउनु पर्दछ । धन्नुकारी प्रवृतिले व्यक्ति तथा व्यक्तित्व कै क्षती पुर् याइ रहन्छ ।
लबखष्ललउघछ२नुबष्ि।अयु

0 प्रतिकृया:

Post a Comment