थुलुङको एकल रचना वाचन

खुदुनाबारी/ भुटानी शरणार्थी शिविर खुदुनाबारीमा भुटानी स्रष्टा याम थुलुङको एकल रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
शरणार्थी स्रोतामाझ थुलुङले यहाँस्थित मनोक्रान्ति मिनी म्याटि्रक्सको सभाहलमा दूई दर्जन बढी साहित्यिक रचना वाचन गरेका थिए । थुलुङको एकल रचना वाचन सँगै स्थानीय २० बढी स्रष्टाले समेत साहित्यिक रचना वाचन गरेका बताइएको छ ।
आयोजक संस्था मिडिया नेटवर्क भुटानका अनुसार सो कार्यक्रमसँगै दुई शरणार्थी युवाले लामो समय हात मिलाउने किर्तीमानीका लागि शनिबार १२ः०५ बजेदेखि हात मिलाउने कार्य थालेको नेटवर्कका संयोजक मनोरथ पोख्रेलले बताए । गिनिजबुकमा ४२ घण्टा हात मिलाएर राखिएको विश्व किर्तीमानी तोड्न खुदुनाबारीका निलहरि उप्रेती र बेलडाँगी-२ का डिकमान गुरुङले प्रयास थालेको बताइएको छ ।

0 प्रतिकृया:

Post a Comment