बैँकको नयाँ समिति

दमक/ झापामा प्रधान कार्यालय रहेको एक मात्र बैंक कन्काई विकास बैंकको पाँचौ साधारण सभाबाट नयाँ साचालक समिति चयन भएको छ ।
शनिबार दमकमा भएको साधारण सभाले पुनः माधव पराजुलीको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । साचालक समितिमा संस्थापक शेयर सदस्यको तर्फबाट विश्वराज अधिकारी सेवक दाहाल र गुणराज अधिकारी रहनु भएको छ । यस्तै साधारण शेयरधनीको तर्फबाट हरी लुईटेल र प्रेम सुवेदी साचालक समितिमा चुनिएका छन् ।
दमकमा प्रधान कार्यालय रहेको बैंकको झापा र मोरङ्मा ५ ओटा शाखा रहेका छन् । गत आर्थिक वर्षमा बैकले ७५ लाख रुपैयाँ साचालन मुनाफा कमाएको र ३७ प्रतिशतले निक्षेप तथा ३२ प्रतिशतले लगानी बृद्धि गरेको अध्यक्ष पराजुलीले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment