वनका अध्यक्षमाथि अख्तियारको मुद्दा

उर्लाबारी /सामुदायिक वनको रकम हिनामिना गरेको अभियोगमा एक पदाधिकारीमाथि अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
वनको कमाई हिनामिना गरेको अभियोगमा मोरङको पार्टी गाविस–७ स्थित समला उपभोक्ता समूहका अध्यक्ष फारस कुमार विश्वकर्मा र सचिव असलमाया मगरविरूद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
उनीहरूले आ.व. ०६९÷७० मा समूहको काठ लिलाम गरे भएको २० लाख ६ हजार ५ सय ९६ रूपैयाँ हिनामिना गरेको अभियोग अख्तियारले लगाएको छ । उनीहरूविरूद्द भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा १७ द्वारा परिभाषित कसुर गरेको पुष्टि हुने भएकाले कडा सजाय दिन अख्तियारले विशेषसँग माग गरेको हो ।

0 प्रतिकृया:

Post a Comment