युनाइटेड स्पोर्टिङ क्लव दमक बिजयी

दमक/दमक १२ को सुकुम्वासी टोल छेउको खेल मैदानमा जारी  दमक फुटवल लिग २०७१ को बुधवार भएको खेलमा युनाइटेड स्पोर्टिङ क्लव दमक बिजयी भएको छ । खेलमा ब्रायनमुनीक फुटवल क्लव दमक १२ लाई  १–० गोल अन्तरले हराउँदै  युनाइटेड  बिजयी भएको हो । खेलमा युनाइटेडका  खेलाडी अतित बान्तवाले  गरेको  गोल नै निर्णायक भएको थियो ।
शुक्रबार हुने खेलमा न्यु थट फुटवल क्लव र न्यु ब्वाइज फुटवल क्लव दमक १२ बीच हुने  आयोजक  दमक युनाइटेड स्पोर्टिङ क्लव दमकका सदस्य ललित मगरले बताए ।

0 प्रतिकृया:

Post a Comment