सुर्यदर्शन फुटवल लखनपुरमा आज

लखनपुर/झापाको लखनपुरमा आज बिहिवारदेखि दुई दिवसीय तेस्रो सुर्यदर्शन अन्तर सदस्य फुटबल प्रतियोगिता शुरु हुँदैछ । सुर्यदर्शन सहकारी संस्था दमकको आयोजनामा १५ वटा बस्तुगत संघहरु बीच फुटबल प्रतियोगीता हुने भएको हो ।
आज बिहान ६ बजेबाट  लखनपुर–१ स्थित आदिवासी रंगशालामा हुने खेलमा होटल व्यवसायी, हार्डवेयर, प्रेस, रेडिमेट, जुत्ता चप्पल, सुनचाँदी लगायतका संघको टोली बीच ष्पर्धा गर्दैछन् ।  प्रतियोगीताको फाइनल खेल शुक्रवार हुने सहकारी संस्थाका अध्यक्ष टिकाराज सापकोटाले जानकारी दिए । बिजेताले ३० हजार रुपैयाँ र उप बिजेताले २० हजार रुपैयाँ पाउने सुर्यदर्शन सहकारीले जनाएको छ । सहकारीले २ वर्ष अघिबाट मैत्रीपुर्ण खेल आयोजना गर्दै आएको छ ।
प्रतियोगीताको समापन भोलि शुक्रबार हुने प्रतियोगीतका संयोजक अरुण भण्डारीले जानकारी दिए । सहकारीले विगत तीन बर्ष देखि स्थानीय संघसंस्थाहरु वीच मैत्रीपूर्ण खेलको आयोजना गर्दै आएको जनाईएको छ ।

0 प्रतिकृया:

Post a Comment