शैक्षिक वृद्धिमा लाग्न अनुरोध

दमक/नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघले सिटीइभीटीको सम्वन्धन प्राप्त शैक्षिक संस्थाहरुले दिने शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिन आग्रह गरेको छ ।
बुधवार संघका झापा जिल्ला सभापति रोशन बिष्टद्वारा जारी बिज्ञिप्तमा जिल्ला भित्र अध्यापन गराइरहेका शैक्षिक संस्थाहरुले बिद्यार्थीहरुको अध्यायनलाई खस्किन नदिन आग्रह गरेको हो ।  शैक्षिक संस्थाहरुले प्रयोगात्मक र सैद्धान्तिक बिषयको सिकाईमा बिशेष ध्यान दिई  शैक्षिक बृद्धि गर्न संघले  अपिल गरेको छ ।
बिद्यार्थीहरुको  शैक्षिक उन्नतिका लागि अभिभावकहरुलाई समेत आफनो छोरा छोरीले पढे नपढेको  ख्याल गर्न र शैक्षिक संस्थालाई खवरदारी गर्ने बातावरण सिर्जना गर्न  जारी बिज्ञिप्तमा उल्लेख छ ।
विद्यार्थीहरुको भर्ना शुल्क एक मुष्ठ लिँदा अभिभावकलाई  आर्थिक बोझ पर्ने हुँदा किस्ता बन्दी रुपमा  शुल्क सङ्कलन गरी दिन संघको  अनुरोध छ । संघको  अनुरोधलाई वेवास्ता गरी शैक्षिक संस्थाहरुले  एकलौटी, मनोमानी ढङ्गले रकम अशुली गरे नेविसंघ आन्दोलनमा उत्रिने    सभापति बिष्टले बताए ।

0 प्रतिकृया:

Post a Comment