तीन वर्षमा ५८ मुद्दा फस्र्यौट

दमक/इलाका प्रहरी कार्यालय दमकले अघिल्लो ३ बर्षमा ६१ वटा सवारी ज्यान सम्बन्धी मुद्दा दर्ता गरेको छ । ती मध्ये ५८ वटा मुद्दाहरु फस्र्यौट भएका छन् ।
आर्थिक वर्ष २०६८÷६९ देखि ०७०÷०७१ सम्ममा ती मुद्दाहरु आएका थिए । सो अवधिमा ६१ जनाको सबारी दुर्घटनामा परि मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । २०६८÷६९ मा २० मध्ये १८
वटा, ०६९÷७० मा २८ मध्ये २७, ०७०÷७१ मा १३ मध्ये १३ वटा मुद्दाहरु फस्र्यौट भएको कार्यालयका प्रमुख डिएसपी रबीकुमार पौडेलले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment