नहरमा डुवेर मृत्यु हुने संख्या बढ्यो

दमक/उचित सुरक्षाको ब्यवस्था हुन नसक्दा झापाको कन्काई सिँचाई अन्तर्गत माईधार दक्षिणतर्फ सञ्चालित नहरमा जोखिम बढ्दो छ ।  बर्षायामको अवधिमा ती नहर क्षेत्रमा अकालमा नै डुवेर मृत्यु हुने क्रम बढेको पाईएको छ । सिँचाईको लागि सञ्चालित नहरलाई घेरावारा वा अन्य सुरक्षा ब्यवस्थामा सरोकारवालाले गम्भिर ध्यान नदिँदा स्थानियहरु बर्षौँ देखि यस्तो जोखिम भोग्न बाध्य भएका छन् ।
प्रहरीका अनुसार साउन महिना यता कन्काई नहरमा डुवेर मर्नेहरुको संख्या ५ पुगेको छ ।
इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार आज बुधबार घरवाट बिद्यालय हिडेका एक किशोर बिद्यालय नपुग्दै नहरमा डुवेर मृत्यु भएको छ । बिहान ९ बजेको सयमा घरवाट बिद्यालय तर्फ आउँदै गरेका शिवगञ्ज–८ ब्याङ्गडाँडाका ९ बर्षीय सजेन भण्डारीको नहरमा डुवेर मृत्यु भएको हो । स्थानिय चेतना आवसिय माध्यामिक बिद्यालयको कक्षा ३ मा अध्यनरत भण्डारी ब्याङ्गडाँडा चौक दक्षिण ५ सय मिटर सतासीखोलाको साइफनमा मृत अवस्थामा शब भेटिएको प्रहरी निरीक्षक शैलेन्द्र यादवले जानकारी दिए ।
यसैगरी हिजो मंगलबार मात्र शिवगञ्जमा एक जना युवाको ज्यान गएको छ । मृत्यु हुनेमा शिवगञ्ज–३ का सुजन बस्नेत रहेका छन् । कन्काई नदीबाट माईधार हुँदै दक्षिणी सीमावर्ती महाभारा अन्तर्गत कुञ्जीवारी बजार तर्फ सञ्चालित नहरमा डुवेर बस्नेतको मृत्यु भएको थियो । प्रहरीका अनुसार बस्नेत नजिकै खेतवारीवाट घाँस बोकेर घरतर्फ आउने क्रममा नहरमा डुब्दा घटनास्थलमा नै ज्यान गएको झिलझिले प्रहरीले जनाएको छ । यसअघि शिवगञ्ज–४ का १२ बर्षीय दिपक सुन्दासको पनि नहरमा नै डुवेर ज्यान गएको छ ।
उनी साथीहरु सँग गर्मिमा नहरमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा सुन्दास डुवेका थिए । त्यसैगरी श्रावणको पहिलो साता सतासीधाम–८ माइधार दक्षिण किराँत चौकमा दुईजना महिलाको शव नहरमा डुवेर मृत अवस्थामा फेला परेको थियो । मृतक दुई महिलाको सनाखत हुन नसके पनि पोष्टमार्टम गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment