क्याम्ब्रिजद्वारा विदाई

दमक/क्याम्व्रिज इन्ष्टिच्यूट अफ टेक्नोलोजीबाट भारतको बेङलोर लगायतका प्रतिष्ठीत शैक्षिक संस्थाहरुमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई विदाई गरेको छ  । 
मंगलबार एक कार्यक्रम गरि ती विद्यार्थीहरुलाई उच्च शिक्षाको सफलताको कामना गर्दै विदाई गरिएको हो । यो वर्ष मात्र क्याम्व्रिजले १ सय ५० बढी बिद्यार्थीहरु अध्ययनका लागि त्यस तर्फ गएका क्याम्व्रिजका ब्यवस्थापक शिशीर सिम्खडाले जानकारी दिए । क्याम्ब्रिजले ती क्षेत्रका प्रतिष्ठीत शैक्षिक प्रतिष्ठानहरुमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरु पठाउँदै आएको छ । गएको तीन बर्ष अघि स्थापना भएको सो संस्थाले प्राविधीक तथा ब्यवहारिक विषयमा उच्च शिक्षा अध्ययनका लागि भारत जाने विद्यार्थीहरुलाई समन्वय गरि विदेश पठाउँदै आएको छ ।

0 प्रतिकृया:

Post a Comment