आयोग – लघुकथा

रन्जु “मार्ग”
फेरि पनि अस्पतालबाट मिर्गाैला हरायो ।
अस्पतालमा खैलाबैला मच्चियो १ एक पल्ट होइन, दुई पल्ट होइन, पाँच–पाँच पल्ट एकै ठाउँ बाट यसरी बारम्बार मिर्गाैला हराउँदा अस्पताल एक रहस्यको केन्द्र बन्यो ।
विभिन्न पत्रपत्रिकाले मिर्गाैला हराएको खबर प्राथमिकताका साग छाप्यो । सांसदहरुले यसबारेमा आवाज उठाए । उनीहरुले यस बारेमा आयोग गठन गर्नु पर्ने माग राखे । जनताहरुले पनि छानबिन हुनुपर्ने कुरा उठाए । अन्तत समिर्गाैला छानबिन आयोग गठन भयो । आयोगमा अस्पतालका प्रमुख डाक्टर सहित तीन सदस्य सम्मिलित भए ।
छानबिन टोलीले आफ्नो काम शुरू गरेयों । सबैभन्दा पहिले छानबिन टोलीले अस्पतालमा काम गर्ने सम्पूर्ण कर्मचारीलाई सोधपुछको लागि बोलायो ।
उनीहरुलाई एक एक गरी सोध्ने क्रम जारि भयो । तपाइको नाडीमा लगाएको घडी नयाँ जस्तो छ नि ? कहिले किनेको ?
होइन हजुर, कहाँको नयाँ हुनु नि, पाँच वर्ष
अगाडि विवाहमा ससुरालीले दिएको उपहार हो । कहिलेकाही मात्र लाउँछु त्यसैले नयाँ जस्तो देखिएको छ ।
तपाई जानुस् ।
उ गयो । छानबिन टोलीले अर्काे कर्मचारीलाई बोलायो । अर्काे भित्र छिरे पछि छानबिन टोलीले उसलाई शिर देखि पाउ सम्म हे¥यो ।
ओहो । तपाइले नयाँ शर्ट–पाइन्ट पो लगाउनु भएको छ । कहिले किन्नु भयो ?
कहाँको नया हुनु नि हजुर, पाँच वर्ष अगाडि विवाहमा दुलाहा बन्दा किनेको । म यो कहिलेकाही मात्र लगाउने गर्छु त्यही भएर नयाँ जस्तो देखिएको होला ।
ल तपाई पनि जानुस् ।
यसै गरी त्यहाँ काम गर्ने सबै कर्मचारीसँग सोधपुछ गरियो । अन्तमा, आयोग टोलीले एउटा निर्णय गरे ।
“हामीले सोधपुछ गर्दा दुई जनाको जवाफ एकै हुन आएकोले यी दुवै जनामाथि शंका लागेको छ । त्यसैले यिनीहरुलाई कारबाई गर्न निर्देशन दिइन्छ ।

0 प्रतिकृया:

Post a Comment