दनुवार समुदायको आकर्षण बन्यो तरकारी खेती

सिन्धुली, ७ जेठ/परम्परागत रुपमा माछा मारेर जीविकोपार्जन गर्ने सिन्धुली रानीवास गाबिसका दनुवारहरु यतिखेर भने तरकारी खेतीमा आकर्Èित भएका छन् । उनीहरुले अहिले खेतबारीमा तरकारी खेती गरेर मनग्य आम्दानी लिइरहेका छन् । गा“उमा क्रियाशील गैर सरकारी संस्थाहरुले तरकारी खेतीका लागि आर्थिक सहयोग तथा प्राविधिक ज्ञान दिएपछि आफू तरकारी खेतीमा लागेको रानीवास–६, का लिला दनुवारको भनाई छ ।
तरकारी खेतीमा लागेका कृÈक दनुवारका अनृुसार अहिले दनुवार समुदायका सबै जसो घरपारिवार व्यवसायिक रुपमा तरकारी खेतीमा लागेका छन् । तरकारी खेतीमा संलग्न किसानका अनुसार तरकारी खेतीबाट मासिक १० हजार रुपैया“सम्म आम्दानी हुने गरेको छ । यसरी मासिक रुपमा राम्रो आम्दानी हुने देखिएपछि अहिले रानीवासका अधिकांश दनुवारहरु तरकारी खेतीमा आकर्Èित हुन थालेका छन् ।
पैसा नभएर केही गर्न नपाएका दनुवारहरु सरकारी तथा गैरसरकारी संस्थाले आर्थिक सहयोग गर्न थालेपछि उत्साहित देखिएका छन् । रानीवास गाविसका अधिकांश दनुवारहरु तरकारी खेतीप्रति आकर्Èित हुन थालेपछि छिमेकी गाविसका दनुवारहरु पनि त्यसप्रति लालायित देखिन थालेका हुन् ।

0 प्रतिकृया:

Post a Comment