छानबिन गर्न माग

उर्लाबारी, ७ जेठ/एरोटोनिकल इन्जिनियरिङ पढ्नको लागि भारतको चण्ढीगढ गएका मोरङको उर्लाबारी एक युवाको रहस्यमय मृत्यु भएको भन्दै परिवारले उचित छानबिनको माग गरेका छन् ।
उर्लाबारी–६ का २४ बर्षीय प्रकाश मल्लिक मुत्यु भएको हो ।  जेष्ठ ३ गते चण्डीगढबाट घर फर्कने क्रममा रेलमा मृत अवस्थामा  भेटिएको भन्दै मृतकको मोवाइलको माध्यमबाट कटीहार प्रहरीले परिवारलाई खबर गरेपछि शव शुक्रबार राति नै ल्याइएको थियो । मृतकको शव सुनझोडामा शनिबार दाहसंस्कार गरिएको छ । उनी गत मंसिरमा पढाईको लागि भारत गएका थिए ।
उनी भारतका पञ्जावस्थित स्वराजमज्दा कम्पनीमा सुपर भाइजरको काम समेत गर्दै एरोटोनिकल इन्जिनियरिङ  पढाईको तयारीमा रहेका थिए ।  मल्लिकको रहस्यमय तरिकाले मृत्यु भएको भन्दै पीडित परिवारले सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।
उनका ५ बर्षीया  छोरी, श्रीमती, २ भाइ र आमाबुवा रहेका छन् ।  उनकी आमा चन्द्रकला मल्लिककले मृत्यु शंकास्पद भएको र छानबिन गर्न नेपाल सरकारसँग माग गरिन् ।
मृतकको साथमा रहेको मोबाइल, नगद ८ हजार र लत्ताकपडा लगायत सुरक्षित रहेकोले उनको मृत्यु रहस्य पूर्ण भएको बुवा लक्ष्मी मल्लिकले बताए । मृतक मल्लिकका बुवाआमा उर्लाबारी–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेमा कूचीकारको रुपमा कार्यरत रहेका छन् ।

0 प्रतिकृया:

Post a Comment