युवा परिचालनमा श्रेष्ठ

दमक, ७ जेठ/नेपाली कांग्रेसले दमक नगरमा युवा परिचालन समितिको संयोजकमा गोकुल श्रेष्ठ चयन भएका छन् ।
शनिबार नगर समितिले गरेको युवा परिचालन भेलाले समितिको संयोजकमा श्रेष्ठलाई चयन गरेको हो । भेलाले बिरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका राजनीतिक मामला कन्सुलर एसडी मेहताले कुटनीतिक मर्यादा बिपरीत बोलेको भन्दै आपत्ती जनाएको छ ।
पार्टीका नगर सभापति ढुण्डीराज भण्डारीको सभापतित्वमा भएको भेलामा क्षेत्रीय सभापति शेरबहादुर भट्टराई, महासमिति सदस्यहरु महेन्द्र सुब्वा, सरेश सुब्बा, राजन ढुङ्गाना, दिलबहादुर बुढाथोकी, नेपाल तरुण दलका जिल्ला सभापति भुमिराज राई, नगर सभापति सुरेन्द्र देवान, पार्टीका वडा नम्बर–४ का सचिव टेकन्द्र अधिकारी लगायतले बोलेका थिए ।

0 प्रतिकृया:

Post a Comment