मंगलमयमा जुरेश

लखनपुर, ७ जेठ/लखनपुर–१ स्थित मंगलमय उच्चमाविमा जुनियर रेडक्रस सर्कल गठन गरिएको  छ ।
विद्यालयमा भएको विद्यार्थीहरुको भेलाले रोशन काफ्लेको अध्यक्षतामा जुेरेस गठन गरेको हो । समितिको उपाध्यक्ष योजना अधिकारी, सचिव अशेष अधिकारी, सहसचिव करण भट्टराई र कोशाध्यक्ष अस्मिता खतिवडा रहेका छन् । सदस्यहरुमा ममता राई, निरोज सुनदास, रोहण मण्डल, करुण खत्री, अमृत राई र ऋचा भट्टराई रहेका छन् ।
कार्यक्रममा शिक्षक मोहनकुमार बगालेले, लक्ष्मी ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम प्राचार्य ओमप्रसाद खनालको अध्यक्षतामा भएको थियो । विद्यार्थीहरुको क्षमता तथा व्यक्तित्व विकासका साथै उनीहरुलाई सामाजिक कार्यप्रति प्रोत्साहित गर्ने उद्देश्य जुरेस गठन गरिएको शिक्षक सहनायक ओमप्रकाश गौतमले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment