मानव अधिकारमा सुवेदी

दमक, ७ जेठ÷/ नेपाल मानव अधिकार संगठन दमकको सातौं अधिवेशनले देवप्रसाद सुवेदीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपसभापति टंक बाँस्तोला, सचिव दिलीपकुमार श्रेष्ठ, कोषाध्यक्ष पुस्ता राई र सह–सचिव सेवक दाहाल रहेका छन् । समितिका सदस्यहरुमा डिल्लीप्रसाद भट्टराई, श्याम पोख्रेल, तारा उप्रेती, उर्मीला कार्की, ऐश्वर्य तिम्सिना, दिलबहादुर बस्नेत, केदारनाथ दाहाल, बालकृष्ण गजमेर, राजकुमार भट्टराई, प्रकाशचन्द्र राजवंशी, प्रल्हादकुमार पौडेल र विकास ढकाल रहेका छन् ।
दमकस्थित मोडेल क्याम्पसमा भएको कार्यक्रममा संगठनका पूर्वाञ्चल संयोजक डा. केपी सुवेदी प्रमुख अतिथि तथा केन्द्रीय सदस्य चित्रबहादुर बस्नेत बिशेष अतिथि रहेका थिए । कार्यक्रममा संगठनका सचिव टंक बाँस्तोलाले प्रगति प्रतिवेदन पेश गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment