कविता

जुवा

रुपेश राई
छ–बाह्रभित्र
कुनी कस्तो मति आउ“छ ।
एकदिन केटाहरुस“ग, हजारे खेल्दै थिए“ ।
आमाको स्वा“टले अहिलेसम्म दोहो¥याएको छुइन“ ।

‘तास, जुवा, मद, पान भुले हात लाउ“लास्, लाखेस†’
गाउ“लाई यो सजाइ हो । सभ्यताको कलङ्क ।
मान्छे हुनुको विडम्बना । इच्छा गर्नुको श्राप ।
यसैले गाउ“ मौका हेरिबस्छ तृप्तिको ।

सकिनै आ“ट्दाको आनन्द । तिमीले भोगेको छौ ?
सहरलाई मात्र यो सब किन छुट छ?

व्यायाम गर । अनुहार झरिलो पार ।
कट सार † पोलिसी हाल । केही व्याज
पाऊ । व्याङ्क व्यालेन्स राख, इत्यादि ।

छुल्याहा स्किम †
दाउमा, दाउ हाल फेरि–फेरि,
नाफा–मुनाफा, हार–जित पैसाको शैली¬ ।
कता के, कता के, किनबेच हुन्छ,
विश्वासको सेयर बजार ।
आजको जीवन शैलीमा
भर पर्दो सूत्र ।
यो सब के हो??
पैसा... । जीवन होइन र???

जीवन त जुवा हो † जीवन त जुवा हो †† अहिले सम्मको अनुभव
मलाई यही भन्छ †† एउटा दाउ † अर्को दाउ † जोखिम आनन्दको मिश्रण्ँ ††




कतै भेटिएन
राजकुमार सुब्बा ‘अनिश्चित’
विद्युतीय छापाहरुमा
कम्प्युटरका स्क्रिनहरुमा
टाइपिङ्ग हुँदै डिलिङ भएका अक्षरहरु
रिमाइण्ड हुँदै पुन
मोबाइला स्क्रिनभरी
घाम उदाउनु र अस्ताउनु जस्तै भएर
भाइरसले ग्रस्त पारेका
कुनै समयका फोल्डरहरु
समयसँगै नखोलिने भएका छन्
सूचनाका ब्लाक बोर्डहरु
विरोधाभाष सम्पादकीय बनेर
खाली पेज बनेका छन्
पहाड बोकेर पहाड
निशन्देह गुराँसका खेतीहरु
हुस्सुहरुले छ्याप्पै ढाकेर
घाम लाग्न बिर्सिएका दिन
छापाहरुमा कतै–कतै भेटिएन
कतै–कतै सुनिएन
शुभकामनाका सन्देशहरु



अब कसरी

नरेन्द्र लावती
लुट्नै लागेका छन्, यस्तै त्यो सामन्तीले ।
भ्रष्ट योगी चिन्तन भई यसै बाँच्नु कैले ।।
बिरामी भई लडे मत थिचे थिच्नु सबैले ।
अब कसरी पिउनै सक्तिन ओखती उढ्नु कैले ।।
तर .......
डढेलोले भित्र–भित्रै खरानी भनाइ चुली ।
निच्च धुवै खाई बाँध्नै किन ठुली ।।
निदाए पनि आँखा खोले कान खोले ।
अब कसरी जाग्नु लगिसके यम दुतले ।।
अनि .....
स्वर्ग भनि खोजि हिँडे धेरै पटक ।
आफ्नै ठानी बस्न खोजे मैले धेरै पटक ।।
निसास्सिएर गगन पनि कैरिएछ मनले
अब कसरी सेलिएको बरफ जम्नु त्यस्तै ।।
    तोपगाछी –६



प्रवृत्ति

विकास थुलुङ्ग
कला छ, गला छ हातमा फूलको माला छ ।
यही बाटो मन्त्री आउँछ भन्ने हल्ला छ ।
मनले मन समाल्या छ ।
भरे के बोल्ने भनि रट्या जस्तो जवाफ छ
अरु भन्दा कम छैनन् भनि सबैले भन्या छ
भिड लमतन्य छ
तर, भिडमा भिडै नदेखिने अडान लिया छ
हो–हल्ला भई राख्या छ
मान्छे नै हो भनि एउटा मनले त भनिराख्या छ
अफ्सोच हिजो दर्शन छाट्नेले आज सबै थोक भुल्य छ
मै खाउँ, मै लाउँ, पढावृद्धि मेरै होस् भन्नेहरु आज
छर्लङ्ग देख्या छ
एकै छिनमा
एकै छिनमा मन्त्री नजिक आइ उभ्या छ
मालाले छाउको पु¥या छ
फेरि एउटा माला कलाको नाउमा थप्या छ
हा......हा........हा फूलले आँखा छोप्या जस्तो छ
सबैजना आफ्नो कुरा राख्न व्यस्त छ
अब कला अनि गलासँगै भिडमा मिस्या छ
खरानी भित्रको आगो फेरि निभ्या छ ।
दमक–११

0 प्रतिकृया:

Post a Comment